काठमाडौँ-राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्ड हलमा आज भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।
एपिएफले पुलिसलाई २५–१२, २५–१९ र २५–१७ को सेटमा हरायो । उपाधिसँगै एपिएफले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरयो । दोस्रो स्थानमा चित्त बुझाएको पुलिसले रु एक लाख हात पारयो ।
तेस्रो स्थानका लागि भएको खेलमा न्यू डायमण्डले पश्चिमाञ्चललाई २५–१४,२५–१६ र २५–१४ को सोझो सेटमा हरायो । न्यू डायमन्डलै रु ५० हजार हात पारयो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि एपिएफ क्लबकी सरस्वती चौधरी हात पारिन् । उनले ३० हजार बराबरको सुलक्स सेन्टरले प्रायोजन टि–सर्ट घडीका साथै ग्रिनल्याण्ड सेन्टरबाट सौजन्य गरेको नगद रु १० हजार पुरस्कार पाइन् ।
शेरबहादुर खड्का स्मृति स्पेसल अवार्डबाट एपिएफकी रेश्मा भण्डारी सम्मानित भइन् । उनले पनि सुलक्स सेन्टरले प्रायोजन गरेको टि–सर्ट, घडीका साथै ग्रिनल्याण्ड सेन्टरबाट सौजन्य गरेको नगद रु १० हजार प्राप्त गरिन् ।
उत्कृष्ट स्पाइकरको उपाधि न्यू डायमण्डकी प्रतिभा मालीले जितिन् भने डिफेन्समा न्यू डायमण्डकी सलिन श्रेष्ठले हात पारिन् । उत्कृष्ट ब्लकरमा नेपाल पुलिसकी मनिषा चौधरी चुनिइन् ।
उत्कृष्ट सेटर नेपाल पुलिसकी कमला पुनले जितिन् भने उत्कृष्ट सर्भर एपिएफकी उषा विष्ट भइन् । उत्कृष्ट क्वीकर न्यू डायमण्डकी ललिता नाथ तथा उत्कृष्ट प्रशिक्षक एपिएफ क्लबका ज्ञानेन्द्र विष्ट घोषित भए । विधागत विजेताले जनही रु पाँच हजार प्राप्त गरे ।
विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता