काठमाडौँ-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाल र भारतबीच रहेको सन् १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने बताएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पण्डितले राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय हितका विषयमा कुरा गर्ने बताए ।
विगतमा गरिएका समझदारी तथा निर्णयलाई कार्यान्वयन गराउनका लागि अहिले हुन लागेको प्रधानमन्त्री मोदीको भ्रमणलाई महत्वपूर्णरुपमा हेरिएको उनको भनाइ छ । मोदीलाई जनकपुर विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्ने जानकारी दिँदै पण्डितले जनकपुरको जानकी मन्दिरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा पूजा गर्ने कार्यक्रम रहेको जानकारी गराए ।
नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले भारतसँग सांस्कृतिक, आर्थिक, राजनीतिकरुपले नजिक हुनुको नाताले प्रधानमन्त्री मोदीको भ्रमण सफल बनाउनका लागि सबै पार्टीले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
फरक प्रसंगमा नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता इतिहास र राष्ट्रको आवश्यकता भएको बताउँदै उनले भने, “यसलाई सफल पारेरै छाड्नुपर्छ । हामीबीच धेरै कुरा मिलिसकेका छन्, अब थोरै विषयमा सहमति हुन बाँकी छ, छिट्टै एकता हुन्छ ।”
पूर्वराजदूत एवं परराष्ट्रविद् डा शंकर शर्माले विगतमा दुवै देशबीच केही उतारचढावका सम्बन्ध रहेको भएपनि अहिले सम्बन्ध सुधारको बाटोमा रहेकाले नेपालले आगामी दिनमा सम्बन्ध सुदृढ र राम्रो बनाउनुपर्नेमा जोड दिए ।
नेपालमा सबैभन्दा बढी लगानी भारतकै रहेको बताउँदै उनले भने, “भारतसँग दुई तिहाइको व्यापार सम्बन्ध छ, हामीबीच राजनीतिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक सबै सम्बन्ध छन्, जनकपुरमा रामायण सर्किट बनाउने अवधारणा राम्रो छ, मुक्तिनाथ र जनकपुर मोदीजी जाने भनेपछि धार्मिक पर्यटनको पनि विकास हुन्छ, यो सुखद पक्ष हो ।”
नेपाल–भारतबीच रहेको खुला आवतजावत सीमाविवाद समाधान हुने गरी दुवै देश केन्द्रित हुनुपर्ने उनको सुझाव थियो ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा