काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा एमालेसँग समानताका आधारमा पार्टी एकता हुने बताएका छन् । पार्टीको सहायक संगठन वाइसिएल नेपालले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाहरुको भूमिका’ विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार र राजनीतिलाई केन्द्रमा राखेर नै एकता हुने भएकाले ती विषय छाडिन्छ कि भनेर भ्रम नपाल्न आग्रह गरे ।
अध्यक्ष दाहालले माओवादी नेता–कार्यकर्ता र माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाई अप्ठ्यारो पर्नु भएकाले कोही कसैले पनि त्यस्तो हिम्मत गर्न नसक्ने स्पष्ट पारे । उनले समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने महान् अभियानलाई साथ दिन युवापंक्ति नै एकताबद्ध भएर परिचालित हुनुपर्ने बताए ।
युवालाई नीतिनिर्माणमा नल्याए देश दुर्घटनामा पर्नेछ भन्दै उनले पार्टी सरकारमा पनि त्यसलाई ध्यान दिइएको र अन्य स्थानमा पनि उचित जिम्मेवारी दिइने स्पष्ट पारे । उनले शहीद, बेपत्ता र घाइतेको उचित व्यवस्थापन गरिने दृढता पनि व्यक्त गरे ।
कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विचार निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने भएकाले आलोचनात्मक चेतका साथ राजनीतिक विषयवस्तु बुझनुपर्नेमा जोड दिए । माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत रहेका गृहमन्त्री रामबहादुर थापाले राज्यका हरेक क्षेत्रमा रहेको एकाधिकार अन्त्य अभियानमा साथ दिन युवालाई आग्रह गरे ।
वाइसिएलले पार्टी एकताको सन्दर्भमा भइरहेको पछिल्लो अवस्थाको जानकारीसहित आर्थिक समृद्धिमा युवा परिचालनलाई केन्द्रमा राखेर छलफल कार्यक्रम आयोजना गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित