काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा एमालेसँग समानताका आधारमा पार्टी एकता हुने बताएका छन् । पार्टीको सहायक संगठन वाइसिएल नेपालले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाहरुको भूमिका’ विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार र राजनीतिलाई केन्द्रमा राखेर नै एकता हुने भएकाले ती विषय छाडिन्छ कि भनेर भ्रम नपाल्न आग्रह गरे ।
अध्यक्ष दाहालले माओवादी नेता–कार्यकर्ता र माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाई अप्ठ्यारो पर्नु भएकाले कोही कसैले पनि त्यस्तो हिम्मत गर्न नसक्ने स्पष्ट पारे । उनले समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने महान् अभियानलाई साथ दिन युवापंक्ति नै एकताबद्ध भएर परिचालित हुनुपर्ने बताए ।
युवालाई नीतिनिर्माणमा नल्याए देश दुर्घटनामा पर्नेछ भन्दै उनले पार्टी सरकारमा पनि त्यसलाई ध्यान दिइएको र अन्य स्थानमा पनि उचित जिम्मेवारी दिइने स्पष्ट पारे । उनले शहीद, बेपत्ता र घाइतेको उचित व्यवस्थापन गरिने दृढता पनि व्यक्त गरे ।
कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विचार निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने भएकाले आलोचनात्मक चेतका साथ राजनीतिक विषयवस्तु बुझनुपर्नेमा जोड दिए । माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत रहेका गृहमन्त्री रामबहादुर थापाले राज्यका हरेक क्षेत्रमा रहेको एकाधिकार अन्त्य अभियानमा साथ दिन युवालाई आग्रह गरे ।
वाइसिएलले पार्टी एकताको सन्दर्भमा भइरहेको पछिल्लो अवस्थाको जानकारीसहित आर्थिक समृद्धिमा युवा परिचालनलाई केन्द्रमा राखेर छलफल कार्यक्रम आयोजना गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?