
मस्को, रूस, २२ वैशाख – रूसको राजधानी मस्कोको मध्यभागमा राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकाल सम्हाल्न केही दिन बाँकी रहँदा उहाँको विरूद्ध निकालिएको जुलुसमा सहभागी भएको आरोपमा रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी, निकोलाई ल्यासकिनसहित कम्तिमा १५०० जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।
रूसी राष्ट्रपतिले आगामी सोमबार चौँथो कार्यकालको लागि शपथ खाने कार्यक्रम छ ।
राष्ट्रपति पुटिनको विरुद्ध ४१–बर्षीय नेता नाभाल्नीसहित ठूलो मास मध्य मस्कोमा प्रदर्शन गर्दै पुटिनविरुद्ध उत्तेजित नारा लगाएका प्राप्त सूचनामा जनाइएको छ । उनीहरूले नेता नाभाल्नीसहित अन्य सहभागीलाई पक्राउ गरेपछि सन् २०१४ मा क्रेमलिन समर्थक युक्रेनी शासकलाई पदच्युत गर्न प्रभावकारी मानिएका नारा लगाएका बताइएको छ ।
जुलुस शुरू हुनुपूर्व नै प्रहरीले सहभागीलाई तितरवितर पार्न हतियार चलाउनसक्ने चेतावनी दिएको थियो ।
प्रदर्शनकारीले ‘चौँथो कार्यकाल जनता जेलमा- धिक्कार छ’ भन्ने भावका नारा लगाउदै जुलुसमा उल्लेख्य सहभागिता जनाएका एएफपी सम्वाददाताले बताएका छन् ।
रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सवर्गमा पनि हजारौँको सङ्ख्यामा निस्केको जुलुसमा ‘जारको पतनसँगै रूस स्वतन्त्र हुनेछ’ जस्ता नारा लागेको थियो । रूसमा पुटिनका विरोधीहरूले उहाँलाई ‘नवजार’ को रूपमा लिने गर्छन् ।
केहीले अर्को छ वर्ष रूसको दुर्दशा र इन्टरनेटका स्वतन्त्रताका लागि सङ्घर्ष भन्ने नारा बोकेर जुलुसमा सहभागिता जनाएका थिए ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत