
लोम्पोक, संयुक्त राज्य अमेरिका, २२ वैशाख – अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक पछिल्लो यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ । उक्त यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्न केन्द्रित हुने पहिलो यान हुनेछ ।
स्थिर रहने ‘इनसाईट’ ले मङ्गलग्रहको सतहमा ‘मार्सक्वेक’ अर्थात् मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्न कम्पन मापन गर्ने उपकरण ‘साईज्मोमिटर’ हरूका साथै संयुक्त अधिराज्यबाट लगिएका सेन्सरहरू जडान गर्नेछ ।
ती कम्पनहरूले जमिनमूनि रहेको चट्टान कसरी पत्र–पत्रमा बनेको छ भन्ने खुलासा गर्नुपर्नेछ र त्यो तथ्याङ्क साढे ४ अर्ब वर्षअघि ग्रहहरू कसरी बने भन्ने विषयमा थप कुराहरू पत्ता लगाउन मद्दत हुनेछ ।
‘इनसाईट’का प्रमुख अनुसन्धानकर्ता डा. ब्रुस ब्यानर्टले भन्नुभयो, ‘कम्पनयुक्त तरङ्गहरू मंगल ग्रह हुँदै अघि बढ्दा तिनले सूचना लिनेछन् । र साईज्मोग्राममा देखिने ती सबै तरङ्गहरूबाट विवरण कसरी निकाल्ने भनेर वैज्ञानिकहरूले बुझ्नेछन् । सबै दिशाहरूबाट ‘मार्सक्वेकहरू’ लिएपछि हामीले मंगलग्रहभित्रको थ्री-डी दृश्य सँगै राख्न सक्नेछौँ ।’
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त