काठमाडौँ-मनमोहन मेमोरियल अण्डर-१६ (१६ वर्षमुनि) राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं ७ ले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको फाइनल भिडन्तमा प्रदेश ७ ले प्रदेश नं २ लाई २४ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले निधारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रनको योगफल बनायो । उसका लागि राहुल भण्डारीले ३८, रोशन सावदले ३७, हृदय विदारीले ३३ तथा नरेन्द्र सावदले २० रन जोडे । बलिङमा प्रदेश २ का विवेक यादवले २ विकेट लिए ।
दुईसय ९ रनको लक्ष्य पाएर जवाफी व्याटिङमा उत्रेको प्रदेश २ निर्धारत ३० ओभरमा ९ विकेट गुमाएर १९४ रनमा समेटियो । प्रदेश २ का लागि अमित यादवले ८०, तृत राजले २७ तथा साहिल पटेलले २५ रन बनाए भने इमरान शेखले १२ रन जोडे ।
प्रदेश २ लाई १९४ रनमा समेट्ने क्रममा प्रदेश ७ का मनोज लोथ्यालले ५ विकेट लिए भने नरेन्द्र साउदले ३ विकेट झारे । मनोज फाइनल खेलका म्यान अफ दि म्याच घोषित भए ।
उपाधिसहित प्रदेश ७ ले रु दुई लाख ५० हजार हात पारयो भने उपविजेतामा चित्त बुझाएको प्रदेश २ ले क्रिकेट किट्सहित रु एक लाख ५० हजार प्राप्त गरयो ।
प्रतियोगितामा प्रदेश २ का विवेक यादव म्यान अफ दि सिरिज घोषित भए । उनले उपाधिसहित रु १० हजार प्राप्त गरे । यस्तै प्रदेश २ कै अमित यादव उत्कृष्ट ब्याट्सम्यान तथा प्रदेश ७ का नरेन्द्र साउद उत्कृष्ट बलर चुनिए । दुवैले जनही रु पाँच हजार प्राप्त गरे ।
त्यसैगरी, प्रदेश ७ का राजन सिंह उत्कृष्ट विकेट किपर र हृदय विदारी उत्कृष्ट फिल्डर घोषित भए । दुवैले ट्रफी प्राप्त गरे ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक