काठमाडौँ-मनमोहन मेमोरियल अण्डर-१६ (१६ वर्षमुनि) राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं ७ ले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको फाइनल भिडन्तमा प्रदेश ७ ले प्रदेश नं २ लाई २४ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले निधारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रनको योगफल बनायो । उसका लागि राहुल भण्डारीले ३८, रोशन सावदले ३७, हृदय विदारीले ३३ तथा नरेन्द्र सावदले २० रन जोडे । बलिङमा प्रदेश २ का विवेक यादवले २ विकेट लिए ।
दुईसय ९ रनको लक्ष्य पाएर जवाफी व्याटिङमा उत्रेको प्रदेश २ निर्धारत ३० ओभरमा ९ विकेट गुमाएर १९४ रनमा समेटियो । प्रदेश २ का लागि अमित यादवले ८०, तृत राजले २७ तथा साहिल पटेलले २५ रन बनाए भने इमरान शेखले १२ रन जोडे ।
प्रदेश २ लाई १९४ रनमा समेट्ने क्रममा प्रदेश ७ का मनोज लोथ्यालले ५ विकेट लिए भने नरेन्द्र साउदले ३ विकेट झारे । मनोज फाइनल खेलका म्यान अफ दि म्याच घोषित भए ।
उपाधिसहित प्रदेश ७ ले रु दुई लाख ५० हजार हात पारयो भने उपविजेतामा चित्त बुझाएको प्रदेश २ ले क्रिकेट किट्सहित रु एक लाख ५० हजार प्राप्त गरयो ।
प्रतियोगितामा प्रदेश २ का विवेक यादव म्यान अफ दि सिरिज घोषित भए । उनले उपाधिसहित रु १० हजार प्राप्त गरे । यस्तै प्रदेश २ कै अमित यादव उत्कृष्ट ब्याट्सम्यान तथा प्रदेश ७ का नरेन्द्र साउद उत्कृष्ट बलर चुनिए । दुवैले जनही रु पाँच हजार प्राप्त गरे ।
त्यसैगरी, प्रदेश ७ का राजन सिंह उत्कृष्ट विकेट किपर र हृदय विदारी उत्कृष्ट फिल्डर घोषित भए । दुवैले ट्रफी प्राप्त गरे ।
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
मधुर धुनसँगै पलेँटीमा गुञ्जिए पगोले र गुरुङ
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन