
२५६२ औं बुद्ध जयन्तीको अवसर पारेर पोर्चुगलको राजधानी लिस्बनस्थित मार्तिम मोनिज पार्कमा पोर्चुगिज बौद्ध धर्मगुरु लामा गिर्मेद्वारा भगवान गौतम बुद्धका ज्ञान, दर्शन, र दिव्य उपदेशका विषयमा प्रवचन दिँदै । तस्बिर- भरत प्रधान, पोर्चुगल, रासस
लिस्बन, १८ वैशाख । युरोपेली मुलुक पोर्चुगलमा गौतम बुद्धको शान्ति सन्देश प्रतिध्वनित गरिएको छ ।
२५६२ औं बुद्ध जयन्तीको अवसर पारेर राजधानी लिस्वनमा शान्ति शोभायात्रा निकाली नेपाली समुदायले गौतम बुद्धको शान्ति सन्देश प्रवाह गरेका हुन् ।
सोमबार यहाँ आयोजना गरिएको बृहत् शोभायात्राले राजधानी लिस्बनका मुख्य सडक नेपालमय नै बनेको थियो ।
बुद्धका तस्वीर, प्लेकार्ड, बुद्ध वाणी र नेपालको राष्ट्रिय झण्डा सहित नेपाली वेशाभूषामा सजिएका नेपालीहरुले यहाँको मुख्य पर्यटकीय सडकलाई नेपालमय बनाएका हुन् । रयालीमार्फत बुद्ध नेपालमा जन्मेका हुन्, बुद्ध शान्तिका प्रतीक हुन्, बुद्ध एशियाका ज्योति हुन्, नेपाल भ्रमण गरौं जस्ता बुद्धभूमि नेपालको प्रचारमूलक सन्देश प्रवाह गरिएको थियो ।
पोर्चुगिज बौद्ध धर्म गुरु, लामा, बौद्ध अनुयायीलगायत नेपालीहरुको उल्लेख्य सहभागिता रहेको उक्त रयालीले यहाँको मुख्य पर्यटकीय सडकहरुको परिक्रमा गरेको थियो ।
रयालीमा बुद्ध वचनका साथै बुद्धं शरणम् गच्छामि, धम्मं शरणम् गच्छामि, संघं शरणम् गच्छामिलगायत सन्देशहरु वाचनसमेत गरिएको थियो । रोसियोस्थित समुन्द्र किनारबाट शुरु भएको रयाली मार्तिम मोनिज पार्कमा आएर समापन भएको थियो ।
रयाली पछि मार्तिम मुनिज पार्कमा पोर्चुगिज बौद्ध धर्मगुरु लामा गिर्मेद्वारा भगवान् गौतम बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा प्रवचन समेत दिइएको थियो । कार्यक्रममा यहाँका केही नेपाली संघसंस्थाले पानी, फलफूल तथा जुस वितरण गरेका थिए ।
यसअघि रोसियोस्थित सिन्डिकेट हलमा धर्मगुरुद्वारा बुद्ध पूजा गरिएको थियो ।
रयालीमार्फत विदेशीहरुलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिइएको र बुद्धभूमि नेपालको भ्रमण गर्न आह्वान गरिएको बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पर्यटन दूत रमेशकुमार गुरुङले बताए ।
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन