
२५६२ औं बुद्ध जयन्तीको अवसर पारेर पोर्चुगलको राजधानी लिस्बनस्थित मार्तिम मोनिज पार्कमा पोर्चुगिज बौद्ध धर्मगुरु लामा गिर्मेद्वारा भगवान गौतम बुद्धका ज्ञान, दर्शन, र दिव्य उपदेशका विषयमा प्रवचन दिँदै । तस्बिर- भरत प्रधान, पोर्चुगल, रासस
लिस्बन, १८ वैशाख । युरोपेली मुलुक पोर्चुगलमा गौतम बुद्धको शान्ति सन्देश प्रतिध्वनित गरिएको छ ।
२५६२ औं बुद्ध जयन्तीको अवसर पारेर राजधानी लिस्वनमा शान्ति शोभायात्रा निकाली नेपाली समुदायले गौतम बुद्धको शान्ति सन्देश प्रवाह गरेका हुन् ।
सोमबार यहाँ आयोजना गरिएको बृहत् शोभायात्राले राजधानी लिस्बनका मुख्य सडक नेपालमय नै बनेको थियो ।
बुद्धका तस्वीर, प्लेकार्ड, बुद्ध वाणी र नेपालको राष्ट्रिय झण्डा सहित नेपाली वेशाभूषामा सजिएका नेपालीहरुले यहाँको मुख्य पर्यटकीय सडकलाई नेपालमय बनाएका हुन् । रयालीमार्फत बुद्ध नेपालमा जन्मेका हुन्, बुद्ध शान्तिका प्रतीक हुन्, बुद्ध एशियाका ज्योति हुन्, नेपाल भ्रमण गरौं जस्ता बुद्धभूमि नेपालको प्रचारमूलक सन्देश प्रवाह गरिएको थियो ।
पोर्चुगिज बौद्ध धर्म गुरु, लामा, बौद्ध अनुयायीलगायत नेपालीहरुको उल्लेख्य सहभागिता रहेको उक्त रयालीले यहाँको मुख्य पर्यटकीय सडकहरुको परिक्रमा गरेको थियो ।
रयालीमा बुद्ध वचनका साथै बुद्धं शरणम् गच्छामि, धम्मं शरणम् गच्छामि, संघं शरणम् गच्छामिलगायत सन्देशहरु वाचनसमेत गरिएको थियो । रोसियोस्थित समुन्द्र किनारबाट शुरु भएको रयाली मार्तिम मोनिज पार्कमा आएर समापन भएको थियो ।
रयाली पछि मार्तिम मुनिज पार्कमा पोर्चुगिज बौद्ध धर्मगुरु लामा गिर्मेद्वारा भगवान् गौतम बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा प्रवचन समेत दिइएको थियो । कार्यक्रममा यहाँका केही नेपाली संघसंस्थाले पानी, फलफूल तथा जुस वितरण गरेका थिए ।
यसअघि रोसियोस्थित सिन्डिकेट हलमा धर्मगुरुद्वारा बुद्ध पूजा गरिएको थियो ।
रयालीमार्फत विदेशीहरुलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिइएको र बुद्धभूमि नेपालको भ्रमण गर्न आह्वान गरिएको बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पर्यटन दूत रमेशकुमार गुरुङले बताए ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त