
पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिँदै । सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरले बताएको छ । तस्बिर – पुरुषोत्तम सुवेदी, नवलपरासी, रासस
नवलपरासी, १८ वैशाख – पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ ।
सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले यस्तो संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाशकुमार ढकाल जानकारी दिनुभयो ।
नेपाल—भारत दशगजा क्षेत्र नवलपरासीको पाल्हीनन्दन–२, गोपालपुर ५०५ नं पिलरदेखि शुरु भएको गस्ती पाल्हीनन्दन–६ गेर्मीस्थित पिल्लर नं ५०८ सम्म भएको सशस्त्र प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।
सो संयुक्त सीमा सुरक्षा गस्तीमा भारतीय सीमा सुरक्षाकर्मीको नेतृत्व भारतीय एसएसबी ठुठीवारीका प्रहरी निरीक्षक रागबेन्द्र सिंह र नेपालतर्फ सशस्त्र प्रहरी, हरपुरका सशस्त्र प्रहरी निरीक्षक ढकालले गर्नुभएको थियो ।
सो संयुक्त सीमासुरक्षा गस्तीमा भारतीय एसएसबी ठुठीबारीका तर्फबाट ११ जना र नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरी हरपुरका १३ जना सुरक्षाकर्मीको सहभागिता थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?