जाकार्ता, १७ वैशाख – फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ ।
इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् ।
इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ ।
विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी भए । उनले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका थिए ।
“उनलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ,” बहारीका वकील अन्डी कोमाराले भने । उनले थपे, “हामीले यस फैसलाको पुनरावलोकन गराउने छौं, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।”
कारबाहीमा परेका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी