इलाम-यहाँ आयोजित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लब ललितपुरले जितेको छ ।
सोमबार भएको फाइनलमा मनाङ मरस्याङ्दी क्लब काठमाडौँलाई अतिरिक्त समयमा १–० गोलको संघर्षपूर्ण जीत निकाल्दै थ्रीस्टारले उपाधि चुमेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल टुङ्गिएपछि अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा थ्रीस्टारका सुनिल बलले गोल गरी टोलीलाई उपाधि दिलाए ।
जीतसँगै थ्रीस्टारले रु छ लाख ६६ हजार ६६६ र ट्रफी पायो । मनाङले भने रु चार लाखमा चित्त बुझाउनुपरयो । प्रतियोगिताका उत्कृष्ट खेलाडी उपविजेता मनाङका विराज महर्जन घोषित भए । उनले १५० सिसीको यामाहाको स्कूटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजक माइभ्यालीका मनिष थापा, नेपाल पुलिसका रेजिन सुब्बा तथा एपिएफ क्लबका युवराज खड्का र नवीन लामा घोषित भए । खेल अवधिभर दुई दुई गोल गरेका उनीहरुले जनही रु सात हजार प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक विजेता थ्रीस्टार क्लबका एलन न्यौपाने घोषित भए । उनले रु १५ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्डर विजेता थ्रीस्टारका पिटर, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारकै सुनिल, उत्कृष्ट फरवार्ड थ्रीस्टारकै विदेशी मार्टिन र उत्कृष्ट प्रशिक्षक थ्रीस्टारकै मेघराज केसी घोषित भए ।
उनीहरुले जनही रु १५ हजार प्राप्त गरे । त्यसैगरी उदीयमान खेलाडी आयोजक माइभ्यालीका दर्शन गुरुङ घोषित भए । उनले रु २० हजार प्राप्त गरे ।
यही वैशाख ६ गतेदेखि शुरु भएको प्रतियोगितामा तीन विदेशीसहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १२ टोलीको सहभागिता थियो ।
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु