काठमाडौं- टोकियो ओलम्पिक– २०२० को तयारीका लागि जुडो खेलाडी फुपुल्हामु खत्री आइतबार जापान प्रस्थान गरेकी छन् । ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत फुपु २ वर्ष ३ महिनाका लागि जापान गएकी हुन् ।
त्यहाँ रहँदा फुपुले टोयामोस्थित टकाउका युनिभर्सिटी अफ लमा आफ्नो तयारी प्रशिक्षणका साथै अध्ययनलाई पनि निरन्तरता दिने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । अध्यक्ष वज्राचार्यले जापानको तयारीबाट फुपुले छनोट भएर ओलम्पिक खेल्ने विश्वास व्यक्त गर्दै मनीता श्रेष्ठ प्रधानलाई पनि ओलम्पिककै तयारीका लागि एसियाली खेलकुदपछि जापान पठाउने तयारी भइरहेको बताए ।
सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फुपुलाई बिदाइ गर्दै ठूलो प्रतियोगिता सुरु हुन २-३ महिना बाँकी छँदा गरिने तयारीको परम्परा अन्त्य गर्नु पर्नेमा जोड दिंदै वाइल्ड कार्ड मार्फत नभइ छनोट भएर ओलम्पिक खेल्ने खेलाडीबाट मात्र पदकको आशा गर्न सकिने धारणा व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले चाँडै नै टोकियो ओलम्पिक तयारीको अन्य विषयमा जानकारी गराउने बताउदै सरोकारवाला र सरकारको सहयोगमा विगतको जस्तो नेपालको अन्तर्राष्ट्रिय सहभागितालाई सहभागितामा मात्र नभइ परिणाममुखी बनाउनेतर्फ ओलम्पिक कमिटी अग्रसर हुने बताए ।
१२ औं साग स्वर्णधारी एवं रियो ओलम्पिकमा सहभागिता जनाइसकेकी फुपुले जापानमा तयारीको अवसर पाउदाँ निकै उत्साहित भएको बताउदै अवसरलाई सदुपयोग गर्नेतर्फ ध्यान केन्द्रीत गर्ने बताइन् ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित