लन्डन । बेलायतस्थित नेपाली श्रष्टाहरुको संयुक्त मुक्तक संग्रह ‘मुक्तक महक’ लोकार्पण भएको छ । शनिबार लन्डनमा एक समारोहबीच उक्त कृति लोकार्पण गरिएको हो ।
नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले प्रकाशित गरेको उक्त संग्रह कार्यक्रमका प्रमुख अतिथी दूतावासका थर्ड सेक्रेटरी भूपेन्द्र घिमिरे, प्रतिष्ठानका सल्लाहकार डा. रुपक श्रेष्ठ, वरिष्ठ साहित्यकार खगेन्द्र नेपाली, साहित्य चौतारी यूकेका संयोजक वासु शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका अध्यक्ष सुमलकुमार गुरुङ र प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
उक्त संग्रहमा डा. दुबसु क्षत्री, डा. रुपक श्रेष्ठ, वासु शर्मा, अन्जु अन्जली, केदार संकेत, गोकुल भण्डारी, जगत नवोदित, दुर्गाप्रसाद पोख्रेल, प्रतिमा केसी, नरेश नाति, नृपेश उप्रेती ‘योगपुत्र’, मुकेश राई, मोहन आचार्य (इन्द्रेणी शर्मा जलद), रविन जोशी, राज श्रेष्ठ, ललित न्यौपाने, सन्जिता देउजा र सुमल गुरुङका २०-२० मुक्तकहरु संग्रहित छन् ।
सम्वोधनका क्रममा कार्यक्रमका प्रमुख अतिथी दूतावासका थर्ड सेक्रेटरी भूपेन्द्र घिमिरेले विमोचित कृतिले नेपाली भाषा साहित्यको विकासमा अमुल्य योगदान दिनुका साथै डायस्पोरा साहित्यमा एउटा नयां इतिहास स्थापित गरेको बताए । उनले श्रष्टाहरु सबैलाई बधाइ समेत दिए ।
संग्रह सम्पादन गरेका प्रतिष्ठानका सल्लाहकार डा. रुपक श्रेष्ठले मुक्तक लेखनको वर्तमान परिष्कृत स्वरुपबारे अवगत गराउंदै कृति कसरी जन्मियो भन्ने सम्वन्धमा प्रकाश पारेका थिए । डा. श्रेष्ठले संग्रहमा डायस्पोरिक, देशप्रेम, अतीतमोह, समसामयिक तथा प्रणय मुक्तकहरु समाहित भएका र यसले पाठकहरुको विविध वौद्धिक तथा साहित्यिक सुधाहरुलाई केही हदसम्म भएपनि सुखानुभूति दिने विश्वास व्यक्त गरे ।
अध्यक्ष पोख्रेलले बेलायतबाट प्रकाशित मुक्तक विद्याको यो पहिलो संयुक्त कृति भएको जनाउंदै उर्जाशील क्षण संग्रहमा बिताउने सबै श्रष्टाहरुप्रति आभार व्यक्त गरे ।
मुक्तककार तथा पत्रकार नृपेश उप्रेतीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष राज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै कृति प्रकाशनको खर्च विवरण प्रस्तुत गरे ।
लोकार्पण समारोहमा उपस्थित श्रष्टाहरु डा. रुपक श्रेष्ठ, नृपेश उप्रेती, राज श्रेष्ठ, दुर्गा पोख्रेल, वासु शर्मा, प्रतिमा केसी, मोहन आचार्य, सुमल गुरुङ लगायतले संग्रहमा प्रकाशित आफ्ना मुक्तक पनि वाचन गरेका थिए ।
संग्रहको पृष्ठभूमिमा लन्डनस्थित नेपाली राजदूत डा. दुबसु क्षेत्रीले नेपाली मुक्तकको विकासक्रम केलाउंदै डायस्पोरामा रहेका मुक्तककारहरुले स्तरिय र सार्थक मुक्तक सिर्जना गरिरहेको उल्लेख गरेका छन् ।
तस्विर- शिव भण्डारी
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा