बेइजिङ, चीन, १४ वैशाख – चीनका राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ ।
चीन भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री मोदीलाई राष्ट्रपति सीले शहरको एक सङ्ग्रहालयमा स्वागत गर्नुभएको छ ।
उक्त अवसरमा दुवै देशका नेताले भारत र चीनबीचको सीमा विवादले निम्त्याएको समस्या समाधानका लागि आयोजित शिखर सम्मेलनमा दुई देशका हिमाली क्षेत्रमा लामो समयदेखि देखिँदै आएको अविश्वासको अवस्थालाई निवारण गर्न नयाँ अध्याय शुरू गर्ने बिषयमा केन्द्रित भएको बताइएको छ ।
उक्त अवसरमा नयाँ दिल्लीबाट चीन पुगेको प्रतिनिधिमण्डलले बेइजिङले अघि सारेको ‘बेल्ट एन्ड रोड’, विश्व व्यापारका लागि आधारभूत संरचना, पाकिस्तान प्रशासित काश्मिरका प्रमुख कार्यक्रम लगायतका बिषयमा चासो उठाएको बताइएको छ । नयाँ दिल्लीले पाकिस्तानी काश्मिरी इलाकालाई गैरकानूनी रूपमा ओगटेको विवादित भूमिका रूपमा लिने गरेको छ ।
शनिवार सङ्ग्रहालयको अवलोकनपछि केही समय बैठक भएको थियो । शनिवार प्रधानमन्त्री मोदी इस्ट लेकमा डुङ्गा भ्रमण गरी पुनः बैठकमा सहभागी हुने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै राज्य सञ्चालित सिसीटीभीले भनेको छ, “मलाई विश्वास छ कि भारतीय प्रधानमन्त्री र म यस बैठकबाटै चीन–भारतबीचको सम्बन्धमा नयाँ अध्याय बनाउनका लागि मार्ग प्रशस्त गर्न सफल हुनेछौँ ।”
दुईदेशले पछिल्लो समयमा असल सम्बन्ध कायम राख्न सफल भएका छन् र आगामी दिनमा सवै क्षेत्रमा निकट साझेदार र सहकार्यका साथ अघि बढ्न आफूले चाहेको नेता सीले बताउनुभयो ।
हाम्रा देशहरूबीच रहेको मित्रवत सम्बन्धलाई निरन्तर मजबुत पार्दै ‘याङ्से तथा एलो रिभर’ जस्तै नरोकिने गरी अघि बढ्नेछन् ।
उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफूलाई दुई पटकसम्म बोलायर भेट गरेको भन्दै चिनियाँ प्रधानमन्त्री सीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसले उहाँको भारतप्रतिको माया र मित्रतालाई देखाएको छ ।
विश्वको करिब ४० प्रतिशत जनसङ्ख्या रहेको चीन र भारतलाई विश्वका धेरै समस्या हलगर्ने जिम्मेवारी रहेको र राष्ट्रपति सीसँगको भेट यसका लागि ‘बृहत अवसर’ भएको बताउनुभयो ।
राष्ट्रपति सी र मोदी आफ्नै नारालाई स्मरण गर्दै भन्नुभयो, “तपाईको ‘नयाँ युग’ को सपना र हाम्रो ‘नयाँ भारत’ भन्ने धारणा विश्वको उपलब्धिका लागि सही कदम हुनेछ ।”
दुवै देशका नेताले सीमा तथा अन्य विवादलाई प्रत्यक्ष उल्लेख गरेका थिएनन् । दुई देशका नेताबीचको ‘अनौपचारिक’ भनिएको भेटवार्ता शनिवार पनि हुने अधिकारीहरूले जनाएका छन् ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने