वासिङटन, १४ वैशाख – शुक्रबार दुई कोरियाका शिर्ष नेताबीच शिखर बैठक भएकोमा विभिन्न देशले स्वागत गरेका छन् । अमेरिकाले शिखर बैठकले दुई कोरियाली जनताको हितमा निर्णय गर्ने अपेक्षा गरिएको जनाएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको शुक्रबारको भेटवार्तालाई ‘ऐतिहासिक र सुखद्’ भनेको छ ।
दुई देशको शिखर बैठकले जनताको शान्ति र सम्वृद्धिका लागि भविष्यमा उपलब्धि हासिल हुने अपेक्षा अमेरिकाले गरेको छ ।
ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा किम–मुन शिखर बैठकपछि किमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भेट्नेगरी तयारी भइरहेको उल्लेख गरिएको छ ।
त्यसैगरी अष्ट्रेलियाले पनि दुई कोरियाको भेटवार्तालाई निकै सकारात्मक सन्देशका रुपमा लिइएको बताएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोलम टर्नबुलले दुई देशले आपसी समझदारीका साथ अगाडी बढ्ने वातावरण बन्ने प्रयास हुने विश्वास व्यक्त गर्नुभएको छ ।
कोरियाली प्रायदीपमा तनाव कम गर्न चीनको ठूलो सहयोग – ट्रम्प
उत्तर कोरियाले गत बर्ष एक पछि अर्को गर्दै आणविक हतियार, तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायलाई त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रसंशा गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनको कोरियाली प्रायदीपमा शान्ति स्थापनार्थ खेलेको पहलको खुलेर प्रसंशा गर्दै आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ, “मेरो असल साथी तथा चीनका राष्ट्रपति सीले खासगरी कोरियाली सीमा विवाद समाधानका लागि गरेको प्रयासलाई हामी कसैले नविर्सौं । उहाँ विना वार्ता प्रयास लामो र कठीन हुने थियो ।”
चीन उत्तर कोरियाको एकमात्र प्रमुख सहयोगी हो तर प्योङयाङको आणविक हतियार परीक्षणका सन्दर्भमा संयुक्त राष्ट्रसंघले लगाएको नाकावन्दीमा चीनले समर्थन जनाएको थियो । यस बिषयमा चीनले उत्तर कोरियामा नाकावन्दीको घोषणा नगरेको भए कोरियाली प्रायदीपको समस्या समाधान उन्मुख हुने सम्भावना थिएन ।
शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनसहित दुवै देशका नेताहरुले पान्मुन्जोममा रहेको पिस हाउसमा शुक्रबार बिहानै झण्डै डेढ घण्टा वार्ता भएको छ ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका उच्च अधिकारीहरुले दिएको जानकारी अनुसार दुवै नेताहरूले कोठाभित्र नजिकबाट औपचारिक वार्ता गर्नु भएको थियो ।
दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत
नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा आज भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत गरेको छ ।
सम्मेलन दुवै कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउन महत्वपूर्ण कदम भएको तथा यसले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरता कायम राख्न योगदान पुग्ने नेपालले विश्वास गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी