लन्डन । नेपालीले मे ५ सांझ लन्डनको मुटु ट्राफलगर स्क्वायरमा गर्न लागेको बुद्ध जयन्तीमा लन्डन मेयर सादिक खान सहभागी नहुने भएका छन् । लन्डन मेयरलाई प्रमुख आतिथ्यका लागि निमन्त्रणा गरिएपनि उनको व्यस्त तालिकाले उनी नआउने भएका हुन् ।
मेयर कार्यालयबाट कम्युनिटी इन्गेजमेन्ट टिमकी लरेन डोहेर्टीले उक्त दिनका लागि मेयर खानले पहिले नै अन्यत्र प्रतिवद्धता व्यक्त गरिसकेकाले बुद्ध जयन्तीमा आउन नसक्ने अवगत गराएकी छन् । मेयर खानले निमन्त्रणाका लागि आभार व्यक्त गर्दै कार्यक्रम सफलताको कामना भने गरेका छन् ।
मेयर खान आउन नसक्ने भएपछि उनको सट्टा ब्रिटिश सांसद मिसेल डोनेलन प्रमुख अतिथीका रुपमा सहभागी हुने निश्चित भएको आयोजक मध्ये एक बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले जनाए । उनी चिपेनहाम क्षेत्रकी कन्जरभेटिभ सांसद हुन् । कार्यक्रममा सांसदहरु बीरेन्द्र शर्मा, सिमा मल्होत्रा पनि सहभागी हुने आशा गरिएको छ ।
बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना तथा नेपाली दूतावास एवं गैर आवासीय नेपाली संघसहितका संघसंस्थाको सहयोगमा बुद्ध जयन्ती मनाउने तयारी अन्तिम चरणमा छ । बुद्ध जन्मभूमिबारे भइरहेका भ्रम हटाउन र बुद्ध सन्देश प्रचार प्रसारका लागि विश्वभरका पर्यटक आवतजावत गर्ने ट्राफलगर स्क्वायर रोजिएको आयोजकले बताएका छन् ।
उक्त अवसरमा बुद्ध सम्वन्धि प्रवचन, पोस्टर चित्र प्रदर्शनी, दीप प्रज्वलन आदि प्रमुख आकर्षण रहनेछ । यसपटक आयोजकले अतिथीहरुबाट मन्तव्य भने पूर्ण कटौती गर्ने निर्णय गरेका छन् । लामो भाषणले कार्यक्रम पट्यारलाग्दो हुने भएपछि त्यस्तो निर्णय गरिएको हो ।
गत वर्ष पनि ट्राफलगर स्क्वायरमै र त्यसअघि पार्लियामेन्ट भवन अगाडि बुद्ध जयन्ती मनाइएको थियो ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने