लन्डन । नेपालीले मे ५ सांझ लन्डनको मुटु ट्राफलगर स्क्वायरमा गर्न लागेको बुद्ध जयन्तीमा लन्डन मेयर सादिक खान सहभागी नहुने भएका छन् । लन्डन मेयरलाई प्रमुख आतिथ्यका लागि निमन्त्रणा गरिएपनि उनको व्यस्त तालिकाले उनी नआउने भएका हुन् ।
मेयर कार्यालयबाट कम्युनिटी इन्गेजमेन्ट टिमकी लरेन डोहेर्टीले उक्त दिनका लागि मेयर खानले पहिले नै अन्यत्र प्रतिवद्धता व्यक्त गरिसकेकाले बुद्ध जयन्तीमा आउन नसक्ने अवगत गराएकी छन् । मेयर खानले निमन्त्रणाका लागि आभार व्यक्त गर्दै कार्यक्रम सफलताको कामना भने गरेका छन् ।
मेयर खान आउन नसक्ने भएपछि उनको सट्टा ब्रिटिश सांसद मिसेल डोनेलन प्रमुख अतिथीका रुपमा सहभागी हुने निश्चित भएको आयोजक मध्ये एक बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले जनाए । उनी चिपेनहाम क्षेत्रकी कन्जरभेटिभ सांसद हुन् । कार्यक्रममा सांसदहरु बीरेन्द्र शर्मा, सिमा मल्होत्रा पनि सहभागी हुने आशा गरिएको छ ।
बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना तथा नेपाली दूतावास एवं गैर आवासीय नेपाली संघसहितका संघसंस्थाको सहयोगमा बुद्ध जयन्ती मनाउने तयारी अन्तिम चरणमा छ । बुद्ध जन्मभूमिबारे भइरहेका भ्रम हटाउन र बुद्ध सन्देश प्रचार प्रसारका लागि विश्वभरका पर्यटक आवतजावत गर्ने ट्राफलगर स्क्वायर रोजिएको आयोजकले बताएका छन् ।
उक्त अवसरमा बुद्ध सम्वन्धि प्रवचन, पोस्टर चित्र प्रदर्शनी, दीप प्रज्वलन आदि प्रमुख आकर्षण रहनेछ । यसपटक आयोजकले अतिथीहरुबाट मन्तव्य भने पूर्ण कटौती गर्ने निर्णय गरेका छन् । लामो भाषणले कार्यक्रम पट्यारलाग्दो हुने भएपछि त्यस्तो निर्णय गरिएको हो ।
गत वर्ष पनि ट्राफलगर स्क्वायरमै र त्यसअघि पार्लियामेन्ट भवन अगाडि बुद्ध जयन्ती मनाइएको थियो ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते