सोल, १३ वैशाख – दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ ।
बुधबार सार्वजनिक गरिएको फेब्रुअरी महिनाको विवरणअनुसार जन्मदर घटेको देखिएको अधिकारीहरुले जनाएका छन् ।
फेब्रुअरी महिनामा नयाँ जन्मिएका बालबालिकाहरुको संख्या २७ हजार ५०० छ । एक बर्ष अगाडीको तुलनामा अहिले तीन हजार अर्थात् ९.८ प्रतिशत कम बालबालिका जन्मिएका छन् ।
सन् १९८१ देखि यस्तो तथ्याङ्क लिन थालिएकोमा यो अहिलेसम्मकै सवै भन्दा धेरै घटेको तथ्याङ्क हो ।
सन् २०१५ को डिसेम्बरदेखि गत फेब्रुअरीसम्म अर्थात २७ महिनामा बालबालिकाको जन्मदर निकै कम भएको अध्ययनले देखाएको छ ।
ढिला विवाह र एउटा मात्रै सन्तान जन्माउने प्रचलन बढ्दै गएकाले जन्मदर घटेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
विवाहमा पनि अघिल्लो बर्षको तुलनामा धेरै गिरावट आएको छ । अघिल्लो बर्ष भन्दा १९ हजार वा ११.६ प्रतिशत कम विवाह यस बर्षको फेब्रुअरी महिनामा भएको छ ।
न्युन मात्रामा विवाह हुनु र जन्मदर घट्दै जानु दक्षिण कोरियाको अर्थतन्त्रका लागि टाउको दुखाइको विषय भएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी