वासिङ्टन, संयुक्त राज्य अमेरिका, १३ वैशाख – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जङ अनसँगको महत्वपूर्ण शिखर सम्मेलनका लागि विभिन्न तीन वा चार सम्भावित मितिबारे छलफल भइरहेको जनाउनुभएको छ ।
अमेरिकी नेता ट्रम्पले यस पहिले उत्तर कोरिया र दक्षिण कोरियाली नेताहरूबीच शुक्रबार हुने वार्ताको केही हप्ताभित्र अर्थात् आगामी मे महिनाको अन्त्य वा जुन महिनाको शुरूमा आफूहरू (ट्रम्प र किम) को भेटवार्ता हुने बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको कुराकानीमा भन्नुभयो, “हामीले अझै शिखर सम्मेलनका लागि मिति निर्णय गर्न बाँकी छ । हामीसँग तीन वा चार सम्भावित मितिका बारेमा छलफल भइरहेको छ र वार्ताका लागि विभिन्न पाँच स्थान निर्धारण गरिने छ । यो सम्भवतः नजिक ल्याइने छ ।”
कोरियाली प्रायदीपमा देखिएको सङ्कट समाधानका लागि उत्तर कोरियाली तथा दक्षिण कोरियाली अधिकारीको विभिन्न चरणको छलफल पछि विश्व समुदायको चासोको बिषय बनेको उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र परीक्षणको कार्यक्रम रोकिएको छ ।
ट्रम्पले भन्नुभयो, “कसले जानोस छलफल शुरू हुँदासाथ म बाहिरिने छु वा बैठक नै हुनेछैन । उनीहरू (कोरियालीहरू) अहिले भेट्न चाहेका छन् र सम्भवत कुराकानी हुनेछ ।”
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त