
राष्ट्रपतिद्वारा चार अध्यादेश जारी
काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न चारवटा अध्यादेश जारी गरेकी छन् ।
उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ जारी गरेकी हुन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उनले मन्त्रिपरिषद्को सिफारिशमा ती अध्यादेश जारी गरेकी हुन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- अस्ताए डा. चन्द्र लक्सम्बा
फेसबुक