सोल, १२ वैशाख – उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुअगाबै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रपति ट्रम्पलाई भेट्नुहुने भएको छ ।
ट्रम्प र किमको भेटवार्ता हुनुभन्दा अगाडी मे महिनाको मध्यतिर मुनले ट्रम्पलाई भेट्ने तयारी गर्नु भएको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसका एक जना उच्च अधिकारीले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार मुनको अमेरिका भ्रमण निश्चित भएपनि मिति भने यकिन भइसकेको छैन ।
मे महिनाको मध्यतिर हुनसक्ने भ्रमणका बारेमा केही दिनमा मिति तय हुने ती अधिकारीले बताएका छन् ।
उत्तर कोरियाका नेता किमसँग भने मुनले आउदो शुक्रबार उत्तरसँगको सिमानामा पर्ने दक्षिणकै भू–भागमा पर्ने गाउँ पान्मुन्जोममा भेट्ने कार्यक्रम रहेको छ ।
त्यस लगत्तै किमसँग ट्रम्पले पनि भेट्ने संभावना रहेको यसअघि नै ट्रम्पले बताइसक्नु भएको थियो । ट्रम्प र किमको भेटवार्ता मे महिनाको अन्त्यतिर वा जुन महिनाको सुरुतिर हुनसक्ने बताइएको छ ।
अव यी दुई शिर्ष भेटवार्ताको बीचमा अर्को भेटवार्ता ट्रम्प र मुनको हुन लागेको हो । ट्रम्प र किमको भेटवार्तालाई फलदायी बनाउन समन्वय गरिदिने उद्देश्यले मुनले ट्रम्पसँग भेट्न लाग्नु भएको दक्षिण कोरियाली पक्षको भनाइ छ ।
दुई कोरियाको शिखर सम्मेलनका आधारमा उत्तर कोरिया र अमेरिकाको सम्वन्ध तय हुने जानकार बताउछन् ।
ट्रम्पसँग मुनको भेटवार्ता तय गर्न मुनका मूख्य सुरक्षा सल्लाहकार चुङ इयोङले अमेरिकी आफना समकक्षी जोन बोल्टोनसँग वासिङटनमा भेतवार्ता गर्नुभएको छ ।
उहाँहरुकाबीचमा सकारात्मक र उत्साहजनक छलफल भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त