वासिङटन, १२ वैशाख – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी एम्यानुएल माक्रोनले इरानको पारमाणविक कार्यक्रमबारे एउटा नयाँ सम्झौता हुन सक्ने मङ्गलबार बताउनुभएको छ ।
सन् २०१५ मा भएको सम्झौताप्रति आशङ्का व्यक्त गर्दै आएका ट्रम्पले माक्रोनसँगको वार्तापछि केही ठूलो, सम्भवतः सम्झौता हुनसक्ने बताउनुभएको हो ।
नयाँ सम्झौतामा इरानको व्यालास्टिक क्षेप्यास्त्र तथा मध्यपूर्वमा उसको भूमिकासम्बन्धी विषयलाई पनि समेट्नुपर्ने माक्रोनले बताउनुभएको छ ।
यसअघि इरानका राष्ट्रपति हसन रूहानीले अन्तरराष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको थियो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको थियो ।
सम्झौतालाई भङ्ग गरिदिने भनेर ट्रम्पले दिँदै आएको धम्कीलाई कार्यान्वयन गरे त्यसको गम्भीर परिणाम हुने रुहानीले बताउनुभएको थियो ।
विश्व शक्ति राष्ट्रहरू र इरानबीच सन् २०१५ मा परमाणु कार्यक्रमबारे एक सम्झौता भएको थियो । जस अन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो । सम्झौतापछि इरानविरुद्ध लगाइएका विभिन्न प्रतिबन्ध हटाइएका थिए ।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौतालाई ट्रम्पले सधै “खराब सम्झौता” भन्दै आउनुभएको छ ।
तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा इरान र विश्व शक्ति राष्ट्रहरूबीच आगामी मे १२ सम्म लागू रहने गरी भएको सम्झौताको म्याद नथप्ने विषयमा सहमति जनाउने ट्रम्पले चेतावनी दिँदै आउनुभएको थियो ।
इरानसँगको सम्झौता विफल नबनाउन ट्रम्पलाई मनाउने प्रयासमा जर्मन चान्सलर एन्जेला मार्केलले शुक्रवार अमेरिकाको भ्रमण गर्न लाग्नु भएको बताइएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी