वासिङटन, १२ वैशाख – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी एम्यानुएल माक्रोनले इरानको पारमाणविक कार्यक्रमबारे एउटा नयाँ सम्झौता हुन सक्ने मङ्गलबार बताउनुभएको छ ।
सन् २०१५ मा भएको सम्झौताप्रति आशङ्का व्यक्त गर्दै आएका ट्रम्पले माक्रोनसँगको वार्तापछि केही ठूलो, सम्भवतः सम्झौता हुनसक्ने बताउनुभएको हो ।
नयाँ सम्झौतामा इरानको व्यालास्टिक क्षेप्यास्त्र तथा मध्यपूर्वमा उसको भूमिकासम्बन्धी विषयलाई पनि समेट्नुपर्ने माक्रोनले बताउनुभएको छ ।
यसअघि इरानका राष्ट्रपति हसन रूहानीले अन्तरराष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको थियो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको थियो ।
सम्झौतालाई भङ्ग गरिदिने भनेर ट्रम्पले दिँदै आएको धम्कीलाई कार्यान्वयन गरे त्यसको गम्भीर परिणाम हुने रुहानीले बताउनुभएको थियो ।
विश्व शक्ति राष्ट्रहरू र इरानबीच सन् २०१५ मा परमाणु कार्यक्रमबारे एक सम्झौता भएको थियो । जस अन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो । सम्झौतापछि इरानविरुद्ध लगाइएका विभिन्न प्रतिबन्ध हटाइएका थिए ।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौतालाई ट्रम्पले सधै “खराब सम्झौता” भन्दै आउनुभएको छ ।
तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा इरान र विश्व शक्ति राष्ट्रहरूबीच आगामी मे १२ सम्म लागू रहने गरी भएको सम्झौताको म्याद नथप्ने विषयमा सहमति जनाउने ट्रम्पले चेतावनी दिँदै आउनुभएको थियो ।
इरानसँगको सम्झौता विफल नबनाउन ट्रम्पलाई मनाउने प्रयासमा जर्मन चान्सलर एन्जेला मार्केलले शुक्रवार अमेरिकाको भ्रमण गर्न लाग्नु भएको बताइएको छ ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक