लन्डन । बेलायतमा अचेल असंख्य हुन्छन् सांस्कृतिक कार्यक्रम । तर, गायिका प्रिती आले, मोडल तथा डान्सर रश्मी तामाङ र नायिका छुल्ठिम गुरुङ यहांको डायस्पोरामा विशेष सुःखद सम्झना छाडेर नेपाल फर्किए । ‘वुमन्स पावर’ थिममा नयां वर्ष शुभकामना सांझका लागि बेलायत आएका तीन महिला कलाकार करिब दश दिन लामो बेलायत टुरमा सांच्चिकै नारी शक्ति देखाउन सफल भए ।
अल्डरसट, उलवीच र साउथ हयारोमा उनीहरुले गरेको प्रस्तुति दर्शकले औधि रुचाए । फरक शैलीको दोहोरी ब्याटलका कारण पछिल्लो पटक चर्चामा रहेकी प्रितीले बेली डान्स र गायनले दर्शक मन बटुलिन् । कार्यक्रममा गायन, नृत्य र उद्घोषणको समेत जिम्मा लिएकी छुल्ठिम बोली र सौन्दर्यका कारण लोभलाग्दो आकर्षण बनिन् । रश्मीको नृत्य वान्स मोर भन्ने युवा पनि कम रहेनन् ।
‘अब लिड युवाले गर्नुपर्छ’, पहिलोपटक बेलायत आएकी मोडल, नायिका, निर्माता एवं भिजे छुल्ठिमले भनिन्, ‘बेलायतको नेपाली डायस्पोरा ज्यादै सशक्त लाग्यो । नेपाली कलाकारको सम्मान, माया र आफ्नो कला संस्कृति जोगाउन सबै सचेत भएकाले हामी अझ उत्साहित भयौं ।’ उनले नेपाली कलाकारिताको दायरा निकै फराकिलो बनिरहंदा यसलाई विश्वव्यापी बनाउन आवश्यक रहेको पनि सुनाइन् ।
प्रिती र रश्मी त विगतमा पनि यूके आएका थिए । उनीहरु यो पटक पनि दर्शकको उस्तै साथ पाएर दंग थिए । ‘नेपाली नयां वर्षमा अनगिन्ती कार्यक्रम हुंदा पनि हामी तीन महिलालाई साथ दिएकामा एकदम कृतज्ञ छौं’, उनीहरुले भने ।
बेलायतमा कार्यक्रम गर्न निकै चुनौति छ । सप्ताहन्त कार्यक्रम जुधेर दर्शक हलसम्म तान्न प्राय आयोजकलाई सास्ती नै हुन्छ । तीन कलाकार बेलायत झिकाउने जोखिम एलबीजेड गुरुङ, हेम गुरुङ, ज्ञान गुरुङ लगायत युवाले लिएका थिए । कार्यक्रमलाई एनआरएनए यूके युवा विभागले पनि सहयोग गरेको थियो ।
आयोजकमध्ये एकजना एलबीजेड गुरुङ कार्यक्रमबाट मुनाफा कहिल्यै नसोचिएको बताउंछन् । ‘बेलायतको नेपाली समुदायमा नेपाली कला, संस्कृति जगेर्ना र नेपालका राष्ट्रिय कलाकार तथा नयां प्रतिभाहरुलाई प्लेटफर्म दिने हामीहरुको मुख्य उद्देश्य हो’, उनले भने ।
अन्तिम शोमा कलाकारहरुलाई विदाइ गर्दै एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहामगर र महासचिव आर के त्रिपाठीले युवा कलाकार अनि नयां प्रतिभालाई संस्थाले सधैं प्रोत्साहित गर्ने प्रतिवद्धता व्यक्त गरे । कलाकारलाई राष्ट्रिय गहनाको विशेषण दिएर मात्र होइन, अवसर र प्रेरित पनि गर्न उनीहरुको जोड थियो ।
छुल्ठिम, प्रिती र रश्मीलाई निरमाया रोधीघर अल्डरसटमा पनि एक समारोहबीच विदाइ तथा सम्मान गरिएको थियो ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह