सोल, ६ वैशाख – दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन भएको बताउनुभएको छ । उहाँले उत्तर कोरिया र दक्षिण कोरियाबीचमा अहिले भइरहेको सुधार कल्पना गरे भन्दा बढी भएको दावी पनि गर्नुभयो ।
दुई देशको शिखर सम्मेलनपछिको परिणामले नाटकीय सुधारलाई पुष्टी गर्ने उहाँले बताउनुभएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।
संयुक्त शिखर सम्मेलनमार्फत सबैखाले द्वन्द्वको अन्त्य गरी दिर्घकालिन शान्तिको मार्गका दुई मुलुक अगाडि बढ्ने मुनको विश्वास छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन र उत्तर कोरियाका नेता किम जोङ उन सहितको दुई देशको शिखर सम्मेलन यही अप्रिल २७ तारिखमा हुन लागेको छ ।
उहाँहरुबीचको पहिलो भेटबार्ता दुवै कोरियाको सिमानामा रहेको पान्मुन्जोममा गर्ने यसअघि नै तय भइसकेको छ र त्यहीअनुसार तयारी तिव्र पारिएको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित