नफक्रिएका कुन फुल होला यहां, बैंस-वसन्त चढेसी ।
लिन्छ मधुरस सके जति भमरा, भुल्दैन उसको गति ।।
कर्म-धर्म एकनास छैन् जगतमा, सृष्टि उनैको हेर ।
विक्षिप्त रुपको हुन्छ खहरे, पाएसी वर्षाको भेल ।।
———————
नियाल रविको रुप मानुषी ! पृथक दिन दिनमा ।
बिहानकी रुपवती अप्सरा, लज्जित गोधुली सांझमा ।।
माधुर्य मुहार हिमालको, लाली ललाट छविको ।
फेर्छिन् रुप क्षण भर, पाएसी गाथ रविको ।।
———————
हुंदैन समान रुप-गुण मनुजको, बास एकै कोख बसेनी ।
सृष्टिको चक्र घुम्छ है कसरी, मियो मदीना भुलेसी ।।
कर्मको गति समाउं मानुषी, बस्छ्यै कति हिमाल भै ।
पाउंछयौ खुस छिन् भर मै, बिलों बाडेको शिकारी झैं ।।
बेलायत,
१७ अप्रिल २०१८
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता