सोल, ४ वैशाख – उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताबीच शिखर बैठकको लागि व्यापक मात्रामा तयारी गरिएको छ ।
यी दुई देशबीच विरलै हुन गरेको एउटा उच्चस्तरीय बैठक भने हालै सम्पन्न भएको छ । उक्त बैठकमा दुई देशका मन्त्रीस्तरीय अधिकारी सहभागी भएका थिए ।
उत्तर कोरियाली नेता किम जोङ उनले सुरक्षाको सुनिश्चितता हुन्छ भने परमाणुअस्त्र निर्माणको कार्यमा पनि पुनर्विचार गरिने बताएपछि सो बैठकको तयारी थालिएको हो ।
नेता किम र दक्षिण कोरियाली राष्ट्रपति इनका विशेषदूतसहितको प्रतिनिधिमण्डलबीच गत महिना विभिन्न चरणमा बैठक भएका छन् ।
उत्तर र दक्षिण कोरियाबीच पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पुरयाउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतले उत्तर कोरिया र अमेरिकी वरिष्ठ अधिकारीसँग पनि भेट गरेका थिए ।
उत्तर र दक्षिण कोरियाबीच जतिसक्दो चाँडो वार्ताको वातावरण तयार गर्न विशेषदूत त्यहाँ पुगेका दक्षिण कोरियाले बताएको छ । त्यस्तै उत्तर कोरियाले सो भेटवार्तालाई महत्वपूर्ण भनेको छ ।
गत फेब्रुअरी महिनामा दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ ।
यस खेलकूदको आयोजना पछि यी दुई देशका बीचमा गएको करिब चार वर्षपछि पहिलो पटक उच्चस्तरीय प्रतिनिधिमण्डबीच यस किसिमको भेटवार्ता सुरु भएको छ ।
प्राप्त पछिल्लो समाचारअनुसार यी दुई देशका उच्चअधिकारी सम्मिलित शिखर बैठक यही अप्रिल महिनाको अन्त्यतिर गर्ने भनिएको थियो ।
त्यसैगरी अमेरिका र उत्तर कोरियाली नेताबीच पनि पहिलो पटक यसरी औपचारिक रुपमा भेटवार्ता हुने पनि बताइएको छ । उहाँहरुबीच पनि आगामी मे महिनामा यस्तो दुर्लभ भेट हुन लागेको समाचारमा जनाइएको छ ।
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्वरुपमा सफल हुने भविश्यवाणी यसअघि नै गर्नुभएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी