तेहरान, ३ वैशाख – इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित भएको आरोप लगाउनुभएको छ । हसनले उक्त दाबी गरेको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ ।
अमेरिकाले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा बताउनुभएको छ ।
अमेरिकाले हाल सिरियामा गरेको आक्रमण अन्तरराष्ट्रिय कानून विपरीत भएको र अमेरिका अन्तरराष्ट्रिय जगतलाई जवाफ दिन सक्षम नदेखिएको रोउहानीको आरोप छ ।
पश्चिमा राष्ट्रले सिरियामा थप क्षेप्यास्त्र आक्रमणमा गरेमा अन्तरराष्ट्रिय सम्बन्धमा नै उथलपुथल हुने रुसका राष्ट्रपति पुटिनले बताएको तेहरान टाइम्सले जनाएको छ ।
सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका थिए ।
यो हमला अहिलेका लागि पूरा भएको अमेरिकाले बताएको छ । अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ ।
यसबाट हजारौँ नागरिक मारिएको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको थियो ।
अमेरिकी नेतृत्वमा भएको सो हमलाको रुस र इरानले प्रत्यक्षरुपमा नै विरोध गरेका छन् । उनीहरुले अमेरिकी नेतृत्वका देशले गरेको सो हमला अन्तरराष्ट्रिय कानुन विपरीत भएको बताएका छन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक