तेहरान, ३ वैशाख – इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित भएको आरोप लगाउनुभएको छ । हसनले उक्त दाबी गरेको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ ।
अमेरिकाले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा बताउनुभएको छ ।
अमेरिकाले हाल सिरियामा गरेको आक्रमण अन्तरराष्ट्रिय कानून विपरीत भएको र अमेरिका अन्तरराष्ट्रिय जगतलाई जवाफ दिन सक्षम नदेखिएको रोउहानीको आरोप छ ।
पश्चिमा राष्ट्रले सिरियामा थप क्षेप्यास्त्र आक्रमणमा गरेमा अन्तरराष्ट्रिय सम्बन्धमा नै उथलपुथल हुने रुसका राष्ट्रपति पुटिनले बताएको तेहरान टाइम्सले जनाएको छ ।
सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका थिए ।
यो हमला अहिलेका लागि पूरा भएको अमेरिकाले बताएको छ । अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ ।
यसबाट हजारौँ नागरिक मारिएको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको थियो ।
अमेरिकी नेतृत्वमा भएको सो हमलाको रुस र इरानले प्रत्यक्षरुपमा नै विरोध गरेका छन् । उनीहरुले अमेरिकी नेतृत्वका देशले गरेको सो हमला अन्तरराष्ट्रिय कानुन विपरीत भएको बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा