धनगढी-रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सो टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।
प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भएको खेलमा धनगढीले टस जितेर ब्याटिङ गरी निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय ८२ रनको विजय लक्ष्य पछ्याएको काठमाडौँले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ६० रनमा समेटियो ।
धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए । धमलाले ६३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै चार छक्का र चार चौका हाने । सोमपाल कामीले अविजित रहँदै आठ रन बनाए । बलिङतर्फ काठमाडौँका लागि सुबोथ भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए ।
ब्याटिङतर्फ काठमाडौँ गोल्डेन्सका लागि अमित श्रेष्ठले ५८ रन बनाए । उनले ३९ बलमा तीन छक्का र सात चौका प्रहार गरे । यस्तै ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेल २२, नरेश बुढाऐरले १९ तथा पुष्प थापाले १५ रन बनाए ।
बलिङतर्फ धनगढीका लागि ललितसिंह भण्डारीले तीन, रोहन मुस्तफाले दुई तथा सम्साद शेख र योगेन्द्रसिंह कार्कीले एक÷एक विकेट लिए ।
जितसँगै धनगढीले रु २५ लाख प्राप्त गरयो भने उपविजेता काठमाडौँले १५ लाख प्राप्त गरयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’