संयुक्त राष्ट्रसंघ, न्युयोर्क, २९ चैत – बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन बिहीबार माग गरेको छ ।
गत महिना रूसका पूर्व गुप्तचर र उहाँकी छोरीमाथि भएको जस्तो रसायनिक आक्रमण फेरी नहोस् भन्ने व्यवस्थाका लागि बैठक बोलाउन माग गरिएको बेलायतले जनाएको छ ।
विश्वभर भइरहेको रसायनिक आक्रमणको बारेमा छलफल गर्न अत्यावश्यक भएको बेलायती अधिकारीहरुको भनाई छ ।
बेलायतको माग अनुसार यो हप्तापछि सुरक्षा परिषद्को बैठक बोलाइने अपेक्षा गरिएको राष्ट्रसंघकालागि बेलायती मिसनले जनाएको छ ।
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?