दमास्कस, सिरिया, २७ चैत – सिरियाको पूर्वी क्षेत्र डुमामा सरकारद्वारा गरिएको भनिएको ‘रासायनिक हतियार आक्रमण’बारे अनुसन्धानका लागि आउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।
मङ्गलबार सिरियाली विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी राष्ट्रसंघको रासायनिक हतियार निषेध सम्बन्धि संस्था (ओपिसिडब्लु) लाई पत्राचार गर्दै अनुसन्धानका लागि विज्ञको समूह पठाउन अनुरोध गरिएको सिरियाली राज्य सञ्चालित समाचार संस्था साना न्यूज एजेन्सीको समाचारमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “मन्त्रालय सिरियाली सरकार रासायनिक हतियार आक्रमणबारे आएका सूचनाबारे अनुसन्धानका लागि जुनकुनै सहयोग उपलब्ध गराउनेछ र हामीलाई लाग्छ राष्ट्रसंघबाट आउने टोलीले घटनाबारे वास्तविक, पारदर्शी तथा विश्वसनीय आधार खोज्नेछ ।”
सिरियाको यो प्रतिक्रिया राष्ट्रसंघ प्रमुख एन्टिनियो गुथ्रेसले रासायनिक हतियार प्रयोग र यसबाट ठूलो सङ्ख्यामा सिरियाली नागरिकको मृत्यु भएको भन्ने हालैका आरोपप्रति गम्भीर बन्दै अनुसन्धान गर्न विश्वसमुदायलाई सहयोग गर्न तयार बन्न सिरियाली सरकारलाई सुझाव दिएपछि सिरियाको यो प्रतिक्रिया आएको हो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी