दमास्कस, सिरिया, २७ चैत – सिरियाको पूर्वी क्षेत्र डुमामा सरकारद्वारा गरिएको भनिएको ‘रासायनिक हतियार आक्रमण’बारे अनुसन्धानका लागि आउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।
मङ्गलबार सिरियाली विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी राष्ट्रसंघको रासायनिक हतियार निषेध सम्बन्धि संस्था (ओपिसिडब्लु) लाई पत्राचार गर्दै अनुसन्धानका लागि विज्ञको समूह पठाउन अनुरोध गरिएको सिरियाली राज्य सञ्चालित समाचार संस्था साना न्यूज एजेन्सीको समाचारमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “मन्त्रालय सिरियाली सरकार रासायनिक हतियार आक्रमणबारे आएका सूचनाबारे अनुसन्धानका लागि जुनकुनै सहयोग उपलब्ध गराउनेछ र हामीलाई लाग्छ राष्ट्रसंघबाट आउने टोलीले घटनाबारे वास्तविक, पारदर्शी तथा विश्वसनीय आधार खोज्नेछ ।”
सिरियाको यो प्रतिक्रिया राष्ट्रसंघ प्रमुख एन्टिनियो गुथ्रेसले रासायनिक हतियार प्रयोग र यसबाट ठूलो सङ्ख्यामा सिरियाली नागरिकको मृत्यु भएको भन्ने हालैका आरोपप्रति गम्भीर बन्दै अनुसन्धान गर्न विश्वसमुदायलाई सहयोग गर्न तयार बन्न सिरियाली सरकारलाई सुझाव दिएपछि सिरियाको यो प्रतिक्रिया आएको हो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी