लन्डन । एक ब्रिटिश अदालतले लापरवाहीपूर्वक गाडी चलाई एक वयोवृद्ध अपांग ब्रिटिश सांसदको ज्यान लिएकोमा भूतपूर्व गोर्खा सैनिकलाई दोषी ठहराएको छ ।
ओल्ड बेली अदालतले अपांग व्यक्तिहरुले चलाउने मोविलिटी स्कुटरमा सवार ८७ वर्षीय लर्ड टेलर अफ ब्ल्याकबर्नलाई ठक्कर दिएकोमा भूतपूर्व गोर्खा सैनिक कुल पाण्डेलाई दोषी ठहराएको हो । फेल्थाम वेष्ट लन्डन बस्ने ५६ वर्षीय पाण्डेलाई २४ साता लामो निलम्बित जेल सजाय पनि सुनाइएको छ ।
गत १६ नोभेम्बर २०१६ का दिन बेलुका ६ बजे लण्डनस्थित हाउस अफ लर्ड्सको कार्यालयबाहिर जेब्रा क्रस पार गर्न खोजीरहेका बेला पाण्डेले चलाएको लरीले लेबर पार्टीका सांसदले चलाएको मोविलिटी स्कुटरलाई ठक्कर दिएको थियो । उनको पछि अस्पतालमा उपचार गराउंदै गर्दा निधन भएको थियो ।
अदालतमा बयान दिंदै पाण्डेले त्यसबेला पानी परिरहेको र अंध्यारो भएकाले आफूले स्पष्टसंग बाटो नदेखेको बताए । अरु मानिसहरुले सडक पार गरिसकेपछि आफू अघि बढेको पनि उनले बताए ।
न्यायाधीश अनुजा धीर क्यूसीले भनिन् ‘तपाईंले चलाइरहेको मोटरको आकार र त्यसदिनको मौसमलाई हेरेर तपाईं अरु बढी सावधान हुनुपथ्र्यो । तर, तपाईंले त्यसो गर्नुभएन ।’ तर पाण्डेले सांच्चिकै पश्चाताप गरेकाले उनलाई निलम्बित सजाय दिइएको न्यायाधीशले बताइन् ।
पाण्डेको सवारी चालक अनुमतिपत्र तीन वर्षकालागि खारेज गरिएको छ र उनलाई २०० घन्टा अवैतनिक सामाजिक सेवा गर्न भनिएको छ ।
रोयल गोर्खा राइफल्समा दश वर्षसम्म सेवा गरेका पाण्डे सामान पुराएर फर्कंदा सो दुर्घटना भएको थियो । चालक पाण्डेले प्रहरीसंग त्यतिबेला अंध्यारो र अत्यधिक पानी दर्किरहेकाले आफूले बाटो नदेखेको बयान दिएका थिए ।
गरिब परिवारमा जन्मिएका भूतपूर्व गोर्खा पाण्डे आफ्ना सन्तानको उज्ववल भविष्यका लागि सन् २०१० मा ब्रिटेन आएका थिए ।
स्वर्गीय लर्ड टेलरका छोरा पल टेलरले आफ्ना पिताले मानिसहरुलाई मद्दत गर्न मन पराउने र जीवनभर अन्याय विरुद्ध संघर्ष गरेको बताएका थिए । इकान्तिपुर
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित