दमासकस, २६ चैत – सिरियाको सैन्य हवाई शिविरमा सोमबार भीषण क्षेप्यास्त्र आक्रमण भएको छ । विद्रोहीको बलियो पकड रहेको सिरियाको डुमा सहरमा भएको यस विषाक्त रसायनिक ग्यास आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका उहाँका समकक्षी इम्यानुएल माक्रोंनले सयुक्त प्रतिक्रिया दिनुभएको छ ।
विषाक्त रसायनिक ग्यास आक्रमणले विश्वको ध्यान तानेको र यस विषयमा सोमबार अबेर राति संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल हुने अनुमान गरिएको छ ।
सिरियामा मध्य प्रान्त होम्सको डुमा सहरमा रहेको टि–४ अर्थात टियास सैन्य शिविरमा सोमबार बिहान सबेरै कयौं क्षेप्यास्त्र आक्रमण भएको सिरियाली राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जानकारी दिएको छ । सानाका अनुसार यस आक्रमणमा मारिएका र घाइते व्यक्तिको भने विशेष तथ्यांक प्राप्त भएको छैन ।
यसैबीच सिरियाको राजधानीबाहिरको विद्रोही नियन्त्रित यस क्षेत्रबाट लडाकू र उनीहरूका परिवारको पहिलो समूह बाहिर निस्किएका छन् ।
त्यस क्षेत्रमा हप्तौँदेखि जारी घेराबन्दी र सैन्य कारबाहीको फलस्वरूप डुमाबाट विद्रोही बाहिरिने क्रम शुरू हुन लागेको बताइएको छ । त्यहाँ कयौं दिनदेखि हवाई हमला जारी रहेको थियो ।
सिरियाली सेनाले विषाक्त ग्यासको प्रयोग गरेको खबर बाहिर आएपछि अन्तर्राष्ट्रिय जगतमा भत्र्सना भएको छ । हवाई हमला र गोलाबारीका यस क्षेत्रमा सयौँ मानिसको ज्यान गइसकेको छ र आइतबार रुसी मध्यस्तकर्ताहरूसँग आत्मसमर्पणको क्रम शुरु गर्नको लागि एउटा सहमति भएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा रासायनिक हतियार प्रयोग भएकोमा सिरियाली राष्ट्रपति बसर अल असद र उनकामित्र शक्ति राष्ट्रहरूको आलोचना गर्नुभएको छ । ट्रम्पले रसायनिक हमलाको कारण असद र उनका मित्रशक्ति राष्ट्र रुस र इरानको कडा आलोचना गर्दै हमलाको लागि उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने बताउनु भएको छ ।
सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार विद्रोही नियन्त्रित डुमामा गरिएको आक्रमणमा दर्जनौँको संख्यामा सर्वसाधारणको ज्यान गएको छ ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान