ओटावा, क्यानडा, २४ चैत – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रसिद्ध ‘हम्बोल्ट ब्रोन्कोस जुनियर हकी’ समूहका १४ खेलाडीको सडक दुर्घटनाबाट मृत्यु भएकप्रति शोक व्यक्त गर्दै उक्त खबरले आँफूलाई मर्माहित तुल्याएको बताउनुभएको छ ।
शनिबार ट्वीटर सन्देश लेख्दै प्रधानमन्त्री टुडोले भन्नुभएको छ, “सडक दुर्घटनामा परी मृत्यु हुने खेलाडीका अभिभावकले यस दुःखद् खवरलाई कसरी सामना गर्नुभयो मैले कल्पनासम्म पनि गर्न सकिरहेको छैन । यस दुखद् घटनामा म सम्पूर्ण मृतक खेलाडीका अभिभावक, आफन्तजन तथा शुभचिन्तकप्रति सहानुभूति व्यक्त गर्न चाहन्छु ।”
जुनियर क्रिबेट समूह बोकेको बसलाई क्यानडाको राजमार्ग ३५ मा स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे दक्षिणपश्चिमी प्रान्त तिस्देलमा ठक्कर दिँदा बसमा यात्रारत १४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा १६ देखि २१ बर्ष समूहका हकी खेलाडीसहित उक्त खेलसँग आवद्ध अन्य १४ जना घाइते भएका थिए ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी