धनगढी-रुपन्देही च्यालेन्जर्सलाई तीन रनले हराउँदै टिम चौराह धनगढी ‘रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)’को प्ले अफमा पुगेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा रुपन्देहीले टस जितेर फिल्डिङ रोजेपछि टिम चौराह धनगढीले आठ ओभरमा सात विकेट गुमाउँदै ७६ रन बनायो ।
रुपन्देहीले ७७ रनको लक्ष्य पछ्याउने क्रममा पाँच विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्यो । गएराति पानी परेपछि मैदान हिलाम्य भएको थियो । खेल २० ओभरबाट घटाएर आठ ओभरमा सीमित गरिएको थियो । धनगढीका लागि सोनु तामाङले विष्फोटक पारी खेले । उनले १४ बल खेल्दै चार छक्का र एक चौकासहित ३४ रन बनाए । रोहन मुस्तफाले १३ बलमा १५ रन बनाए ।
बलिङतर्फ रुपन्देहीका सुशन भारीले तीन, दीपेश श्रेष्ठले दुई तथा सागर पुन र कप्तान शक्ति गौचनले एक-एक विकेट लिए ।
ब्याटिङ गर्ने क्रममा रुपन्देही च्यालेन्जर्सका लागि सागर पुनले सर्वाधिक ३३ रन बनाए । उनले १६ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गरे । दीपक प्रसादले १६ रन बनाए ।
बलिङतर्फ धनगढीका रोहन मुस्तफाले दुई तथा ललितसिंह भण्डारीले एक विकेट लिए । प्लेयर अफ द म्याच धनगढीका सोनु तामाङ भए । उनले रु १० हजार पुरस्कार पाए ।
आइतबार पहिलो खेल विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच तथा अर्को खेल महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्सबीच हुनेछ ।
काठमाडौँ गोल्डेन्स, टिम चौराह धनगढी र महेन्द्रनगर युनाइटेड प्रतियोगिताको प्ले अफमा पुगेका छन् भने आइतबार हुने विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीचको खेलको विजेताले प्ले अफमा स्थान बनाउनेछ ।
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन