
भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा शनिबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर – रासस
नयाँदिल्ली, भारत, २४ चैत – भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गर्नुभएको छ ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो ।
सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा ओलीलाई बधाई दिनुभएको थियो । उहाँले नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो दिनुभएको छ ।
प्रम ओलीलाई सम्मान गारत
प्रधानमन्त्री ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताउनुभएको छ । आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत सम्पन्न भएलगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताउनुभयो । जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पुरयाउन आफू भारत भ्रमणमा आएको बताउनुभयो ।
भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उहाँले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई उहाँका समकक्षी नरेन्द्र मोदीले स्वागत गर्नुभएको थियो । सो अवसरमा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थिए ।
ओलीद्वारा गान्धीप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो भने त्यहाँ रहेको पुस्तिकामा हस्ताक्षर र गान्धीप्रति श्रद्धाञ्जलिसहित उहाँको स्मरण गर्नुभयो ।
श्रद्धाञ्जलि पुस्तिकामा प्रधानमन्त्री ओलीले लेख्नुभएको छ– ‘महात्मा गान्धी भारतका मात्र नभइ संसारकै अमर व्यक्तित्व हुनुहुन्छ, उहाँले हामीलाई प्रेम, सत्य र अहिंसा सिकाउनुभएको छ, यो मानव जातीको उच्च गुण हो ।’

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी