नयाँ दिल्ली, २३ चैत – भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा एक्लाएक्लै भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास लोककल्याण मार्गमा आज साँझ भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको हो ।
”नेपालको विकास र आर्थिक समृद्धिका विषयमा आफूहरुबीच महत्वपूर्ण छलफल भएको हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको समृद्धिलाई कसरी अगाडि बढाउने र कसरी सर्वोपरि हित हुन सक्छ भन्ने बारेमा छलफल भयो ।”
उहाँले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध थप विस्तार भएको र आफूहरुबीच कुनै पनि असमानता र अविश्वास नरहेकोसमेत बताउनुभयो ।
भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली र उहाँका समकक्षी मोदीबीच आज भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै आगामी दिनमा सम्बन्ध थप उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
यसैबीच नेपाली दूतावासले आज यहाँ आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री ओलीले दिल्लीस्थित नेपालसमेत हेर्ने कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल तथा भेटवार्ता गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी