नयाँ दिल्ली, २३ चैत – भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा एक्लाएक्लै भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास लोककल्याण मार्गमा आज साँझ भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको हो ।
”नेपालको विकास र आर्थिक समृद्धिका विषयमा आफूहरुबीच महत्वपूर्ण छलफल भएको हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको समृद्धिलाई कसरी अगाडि बढाउने र कसरी सर्वोपरि हित हुन सक्छ भन्ने बारेमा छलफल भयो ।”
उहाँले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध थप विस्तार भएको र आफूहरुबीच कुनै पनि असमानता र अविश्वास नरहेकोसमेत बताउनुभयो ।
भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली र उहाँका समकक्षी मोदीबीच आज भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै आगामी दिनमा सम्बन्ध थप उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
यसैबीच नेपाली दूतावासले आज यहाँ आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री ओलीले दिल्लीस्थित नेपालसमेत हेर्ने कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल तथा भेटवार्ता गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग