धनगढी-रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ । काठमाडौँ गोल्डेन्सको यो लगातार चौथो जीत हो । विराटगर किंग्सलाई पाँच विकेटले पराजीत गरको काठमाडौँ क्वालिफायरमा पुगेको छ ।
टस जितेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६४ रन बनायो । १६५ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा पाँच विकेट गुमाउँदै १७० रन बनायो ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ६८ रन बनाए । उनले ४० बलमा चार छक्का र पाँच चौका प्रहार गरे । भुपेन्द्र थापाले २८ बलमा ३६ रन बनाए । उनले दुई छक्का र तीन चौका हाने । सन्नी पटेलले तीन छक्का र एक चौकासहित १० बलमा २५ तथा पुष्प थापाले २४ रन बनाए । सुबोथ भाटीले १० रनको योगदान दिए ।
बलिङतर्फ विराटनगरका वसन्त रेग्मीले दुई तथा कप्तान पारस खड्का, सुभम कामत र मञ्जित श्रेष्ठले एक-एक विकेट लिए ।
यसअघि विराटनगरका लागि बाबर हायतले ३३ बलमा सात छक्का र तीनसहित ६७ रन बनाए । दिलीप नाथले ३३, पृथु बाँस्कोटाले ११ तथा अनिल साह र वसन्त रेग्मीले १०-१० रन बनाए ।
बलिङतर्फ काठमाडौं गोल्डेन्सका लागि ललित राजवंशीले चार विकेट लिए । उनले चार ओभरमा १८ रन खर्चे । रसिद खानले दुई तथा सुबोथ भाटीले एक विकेट लिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता