धनगढी-रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ । काठमाडौँ गोल्डेन्सको यो लगातार चौथो जीत हो । विराटगर किंग्सलाई पाँच विकेटले पराजीत गरको काठमाडौँ क्वालिफायरमा पुगेको छ ।
टस जितेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६४ रन बनायो । १६५ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा पाँच विकेट गुमाउँदै १७० रन बनायो ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ६८ रन बनाए । उनले ४० बलमा चार छक्का र पाँच चौका प्रहार गरे । भुपेन्द्र थापाले २८ बलमा ३६ रन बनाए । उनले दुई छक्का र तीन चौका हाने । सन्नी पटेलले तीन छक्का र एक चौकासहित १० बलमा २५ तथा पुष्प थापाले २४ रन बनाए । सुबोथ भाटीले १० रनको योगदान दिए ।
बलिङतर्फ विराटनगरका वसन्त रेग्मीले दुई तथा कप्तान पारस खड्का, सुभम कामत र मञ्जित श्रेष्ठले एक-एक विकेट लिए ।
यसअघि विराटनगरका लागि बाबर हायतले ३३ बलमा सात छक्का र तीनसहित ६७ रन बनाए । दिलीप नाथले ३३, पृथु बाँस्कोटाले ११ तथा अनिल साह र वसन्त रेग्मीले १०-१० रन बनाए ।
बलिङतर्फ काठमाडौं गोल्डेन्सका लागि ललित राजवंशीले चार विकेट लिए । उनले चार ओभरमा १८ रन खर्चे । रसिद खानले दुई तथा सुबोथ भाटीले एक विकेट लिए ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै