वासिङटन, २१ चैत – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सैनिक खटाउने बताउनु भएको छ ।
आफ्नो प्रतिबद्धताअनुसार अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल नलगाउदा सम्मका लागि सैनिक खटाउन लागिएको राष्ट्रपति ट्रम्पले मंगलबार बताउनु भयो ।
“हामीले हाम्रा सैनिकहरु मार्फत हाम्रो सीमाक्षेत्र घेर्न गइरहेका छौं,” ट्रम्पले ह्वाईट हाउसमा संबाददाताहरुसँग भन्नुभयो ।
स्टोनिया, लाट्भीया र लिथुनियाका नेताहरुसँगको भेटपछि उहाँले यस्तो बताउनु भएको विभिन्न सञ्चार माध्यमहरुले समाचारमा जनाएका छन् ।
“पर्याप्त सुरक्षा व्यवस्था र पर्खाल नबनाउदासम्म उनीहरुलाई त्यही खटाइने छ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यो निकै ठूलो कदम हो ।”
राष्ट्रपति ट्रम्पले राष्ट्रपति निर्वाचनको बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने एजेण्डालाई प्रमुख चुनावी एजेण्डाको रुपमा प्रचार गर्नुभएको थियो ।
उहाँले अहिले पनि अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउनु पर्ने कुरालाई महत्वका साथ बेला बेलामा उठाउने गरेपनि पर्खाल लगाउन भने सक्नु भएको छैन ।
सीमा क्षेत्रमा पर्खाल लगाउनु पर्ने राष्ट्रपति ट्रम्पको प्रस्तावले अहिले राजनीतिक र कानुनी चुनौतीहरु झेलिरहेको छ ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण