रियोका हरेक १० मध्ये नौ जनामा बन्दूकको त्रास

रियो दि जेनेरियो, ब्राजिल, १९ चैत – ब्राजिलको दोस्रो ठूलो शहर रियो दि जेनेरियोका हरेक १० वासिन्दामध्ये नौ जनामा बन्दूक आक्रमणमा परिने त्रास रहको सोमबार सार्वजनिक गरिएको एक सर्भेक्षणले देखाएको छ ।

सर्भेक्षण अनुसार रियोका ९२ प्रतिशत नागरिक कि त प्रहरी कि अपराधीले बोक्ने बन्दूकको त्रासमा हुने देखिएको छ । “उनीहरूले कि त अपराधी कि प्रहरीको आक्रमणबाट मर्ने वा घाइते हुने डर लिएर शहर र वरपरका क्षेत्रमा हिड्ने गरेको बताए,” सर्वेक्षण प्रतिवेदनमा भनिएको छ ।

अध्ययनका क्रममा ८९ प्रतिशत जनताले आक्रमणमा मूल्यवान सामान हराउने डर हुने बताएका पाइएको सर्भेक्षण रिपोर्टलाई उद्धृत गर्दै ब्राजिली फोल्हा दे साओ पाउलो पत्रिकाले उल्लेख गरेको छ । सर्भेक्षण डाटाफोल्हा र ब्राजिलकै सार्वजनिक सुरक्षाका लागि कार्यरत एक संस्थाले गरेको हो ।

त्यसैगरी ८४ प्रतिशत जनताले बन्दूकको साहारामा आफ्नो घर लुटिने डर हुने गरेको कुरा व्यक्त गरेका थिए ।

उनीहरूलाई अपराधबारे वास्तविक अनुभवबारे सोधिएको प्रश्नमा ३० प्रतिशतले आंफू गतबर्ष प्रहरी र अपराधीबीच भएको दोहोरो झडपको मारमा परेको बताए भने आठ प्रतिशतले आंफू गोली लागी घाइते बनेको र २० प्रतिशत सहभागीले सडकमा मूल्यवान गहना हराउन परेको पीडा बताएका जनाइएको छ ।

सर्भेक्षणका क्रममा सन् २०१६ को ओलम्पिक खेल आयोजना भएको शहर रियोबाट ७३ प्रतिशत बासिन्दा आंफू अन्यत्र सर्न वा जान चाहेको बताएका थिए ।

रियोका बासिन्दाबाट प्रहरीले सुरक्षाको प्रत्याभूत गराउन नसकेको भन्दै सरकारको व्यापक आलोचनापछि ब्राजिलका राष्ट्रपति मिसेल टिमरले सुरक्षास्थितिको अवस्थामा सुधार ल्याउने प्रयास स्वरूप यसै बर्षको फेब्रुवरीमा सेनालाई जिम्मेवारी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री