
रियो दि जेनेरियो, ब्राजिल, १९ चैत – ब्राजिलको दोस्रो ठूलो शहर रियो दि जेनेरियोका हरेक १० वासिन्दामध्ये नौ जनामा बन्दूक आक्रमणमा परिने त्रास रहको सोमबार सार्वजनिक गरिएको एक सर्भेक्षणले देखाएको छ ।
सर्भेक्षण अनुसार रियोका ९२ प्रतिशत नागरिक कि त प्रहरी कि अपराधीले बोक्ने बन्दूकको त्रासमा हुने देखिएको छ । “उनीहरूले कि त अपराधी कि प्रहरीको आक्रमणबाट मर्ने वा घाइते हुने डर लिएर शहर र वरपरका क्षेत्रमा हिड्ने गरेको बताए,” सर्वेक्षण प्रतिवेदनमा भनिएको छ ।
अध्ययनका क्रममा ८९ प्रतिशत जनताले आक्रमणमा मूल्यवान सामान हराउने डर हुने बताएका पाइएको सर्भेक्षण रिपोर्टलाई उद्धृत गर्दै ब्राजिली फोल्हा दे साओ पाउलो पत्रिकाले उल्लेख गरेको छ । सर्भेक्षण डाटाफोल्हा र ब्राजिलकै सार्वजनिक सुरक्षाका लागि कार्यरत एक संस्थाले गरेको हो ।
त्यसैगरी ८४ प्रतिशत जनताले बन्दूकको साहारामा आफ्नो घर लुटिने डर हुने गरेको कुरा व्यक्त गरेका थिए ।
उनीहरूलाई अपराधबारे वास्तविक अनुभवबारे सोधिएको प्रश्नमा ३० प्रतिशतले आंफू गतबर्ष प्रहरी र अपराधीबीच भएको दोहोरो झडपको मारमा परेको बताए भने आठ प्रतिशतले आंफू गोली लागी घाइते बनेको र २० प्रतिशत सहभागीले सडकमा मूल्यवान गहना हराउन परेको पीडा बताएका जनाइएको छ ।
सर्भेक्षणका क्रममा सन् २०१६ को ओलम्पिक खेल आयोजना भएको शहर रियोबाट ७३ प्रतिशत बासिन्दा आंफू अन्यत्र सर्न वा जान चाहेको बताएका थिए ।
रियोका बासिन्दाबाट प्रहरीले सुरक्षाको प्रत्याभूत गराउन नसकेको भन्दै सरकारको व्यापक आलोचनापछि ब्राजिलका राष्ट्रपति मिसेल टिमरले सुरक्षास्थितिको अवस्थामा सुधार ल्याउने प्रयास स्वरूप यसै बर्षको फेब्रुवरीमा सेनालाई जिम्मेवारी दिनुभएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी