वासिङ्टन, २० चैत – करिब आधाजति अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएका अथवा उहाँको कार्यसम्पादनको अनुमोदन गरेका छन् ।
अमेरिकी मतदाताहरुमा गरिएको एक सर्वेक्षणमा उनीहरुले यस्तो बताएका छन् । अमेरिकाका मतदाताहरुमा हालै मात्र गरिएको एक अनुसन्धानमा उनीहरुले यस्तो बताएका हुन् ।
राष्ट्रपतिको कार्यसम्बन्धी गरिएको रसामुसेन नामक एक अध्ययनको प्रतिवेदनमा यस्तो तथ्यांक आएको छ । उक्त अनुसन्धान प्रतिवेदनअनुसार राष्ट्रपति ट्रम्पको कार्यशैली मनपराउने नागरिक ४९ प्रतिशत रहेका छन् ।
तीमध्ये पनि ३३ प्रतिशतले त राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई पूर्ण रुपमा समर्थन रहेको बताएका छन् । त्यस्तै अरु ३९ प्रतिशतले उहाँको कार्यशैलीको कडा रुपमा विरोध गरेका वा कत्ति पनि मन पराएका छैनन् ।
यस अनुसन्धान राष्ट्रपति ट्रम्पको दैनिक कार्यशैलीको विषयमा यहाँका एक हजार ५०० मतदातामा गरिएको थियो । तर यसअघि गतहप्ता मात्र पनि सिएनएनले गरेको यस्तै अर्को एक अध्ययनमा भने राष्ट्रपति ट्रम्पको कार्यशैली मन नपराउने व्यक्तिको संख्या ५४ प्रतिशत रहेको बताइएको थियो ।
त्यस अध्ययनमा जम्मा ४२ प्रतिशत मात्र अमेरिकी मतदाताहरुले उहाँको कार्यशैली मनपराएको बताएका थिए । तर हप्ता दिनमात्र पछि आएको यस प्रतिवेदनमा भने यहाँका आधाजति जनसंख्याले उहाँको कार्यशैली मन पराएको जनाएका छन् ।
यो अनुसन्धान हालैमात्र तीन दिन लगाएर गरिएको थियो । यस अघिको निर्वाचनमा सहभागी मतदाताहरु नै यस सर्वेक्षणमा सहभागी रहेका अनुसन्धानदाता संस्थाले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालयबाट पछिल्लो समयमा राष्ट्रपति ट्रम्पका सहयोगी तथा सल्लाहकारहरुको समूह एकपछि अर्को गर्दै बाहिरिएको छ ।
त्यस्तै केही समयमात्र अघि पनि उहाँले अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गर्नुभएको थियो । यसरी अमेरिकामा पछिल्लो समयमा राष्ट्रपति ट्रम्पको कार्यशैली नै मन नपराएर यस रुपमा कर्मचारीहरुले ह्वाइट हाउस छोडेका बताइएको थियो ।
यसै समयमा उहाँको लोकप्रियता मापन गर्नका लागि उक्त संस्थाले सो अनुसन्धान गरेको अनुमान पनि गरिएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी