ललितपुर, १९ चैत – ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मानस्वरुप चालकसहित सवारी साधन र एक सुरक्षाकर्मी प्रदान गरेको छ ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीलाई सम्पर्क गर्न मोबाइलसहित सो सवारी साधन हस्तान्तरण गर्नुभयो । सो अवसरमा जोशीले महानगरपालिकाले गरेको सम्मानबाट आफूले गौरवको महसुस गरेको बताउनुभयो । महाननगर प्रमुख महर्जनले जोशीजस्ता महान् व्यक्तिलाई सम्मान गर्न पाउँदा आफूलाई सौभाग्यशाली ठानेको बताउनुभयो ।
गाडीका लागि आवश्यक खर्चसमेत महानगरपालिकाले बेहोर्ने बताइएको छ । यही चैत १५ गते बसेको महानगरकार्यपालिकाको बैठकले जोशीलाई सुरक्षाकर्मी र सवारी साधन प्रदान गर्ने निर्णय गरेको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी