इस्लामावाद, १९ चैत – नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाई सोमबार इस्लामावादबाट बेलायत फर्किनुभएको छ । चार दिनको पाकिस्तान भ्रमणपछि उहाँ सोमबारै इस्लामावादबाट लन्डन फिर्ता भएको जनाइएको छ । उहाँको परिवार पनि बेलायत फर्किनुभएको छ ।
पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उहाँलाई गोली हानी हत्या प्रयास गरेका थिए । बालिका शिक्षाको पक्षमा वकालत गरेकोमा तालिबानले गोली हानेका थिए । सो घटनापछि उहाँ पहिलो पटक स्वदेश फर्किनुभएको हो ।
स्वात उपत्यकास्थित मिङ्गोरामा गोली लागेपछि उहाँको बेलायतमा उपचार भएको थियो । उपचारपछि उहाँले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन शुरु गर्नुभएको हो ।
हाल पाकिस्तानमा रहँदा उहाँले पाकिस्तानी प्रधानमन्त्री र उच्च अधिकारीहरुलाई भेट गर्नुभएको थियो ।
बेलायतस्थित अक्फोर्ड विश्वविद्यालयमा अध्ययनरत उहाँले सो अध्ययनपछि पाकिस्तानमै फर्किएर बस्ने र महिला र बालबालिकाका क्षेत्रमा कामगर्ने इच्छा रहेको बताउनुहुन्छ ।
उहाँको नाममा एक परोपकारी संस्था ‘मलाला फन्ड’ स्थापना गरिएको छ । यसैमार्फत अहिले पनि पाकिस्तानमा बालिका शिक्षाबारे काम गरिएको छ ।
उहाँले पाकिस्तानमा रहँदा एक टेलिभिजनसँग भन्नुभएको थियो–’म पाकिस्तान फर्किने एउटा सपना थियो आज म फर्किन पाएँ । अहिले त मेरो लागि ठूलै सुरक्षा प्रबन्ध गरिएको होला जस्तो लाग्छ तर म मेरो देशमा बिना कुनै असुरक्षा, शान्तिपूर्ण रुपमा फर्किन पाउँ भन्ने सपना देखिरहेकी छु ।’
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने