लन्डन । यतिखेर जीवन जीउने कला सिकाउन तल्लीन युरोपवासी सविना कार्की आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा प्रस्तुत भइन् । मिस यूके नेपाल प्रतियोगिता आयोजक इभेन्ट एण्ड आइडियाजले गरेको ‘लाइफ कोचिङ’ सेमिनारका लागि सविना नर्वेबाट बेलायत आएकी हुन् ।
अचेल मानिसको दिनचर्या निकै व्यस्त छ । अझ विदेशमा बस्नेहरुको ‘हेक्टिक लाइफ स्टाइल’ कल्पना बाहिर छ । मेसिनजस्तो चलायमान जीन्दगीमा कोही सफल छन् कोही असफल । असफलता भोग्नेहरु हतास र निरास छन् । चिन्ता व्याप्त छ उनीहरुमा । ‘तर, मानिसमा असिमित सम्भावनाहरु पनि उत्तिकै छन्’, लाइफ कोच सविना कार्कीले करिब दुई घण्टा ननस्टप जीवनका सकारात्मक पक्षबारे सुनाइन्, ‘केवल आफ्नो जीवनलाई कसरी विकास गर्ने भन्नेमात्र मुख्य कुरा हो, असम्भव केही छैन् ।’
सबिनाले जीन्दगी के हो ? जीन्दगी जिउने कि केवल बांच्ने ? नेतृत्व विकास कसरी गर्ने ? डिप्रेसनबाट कसरी मुक्ति पाउने ? जीन्दगी प्रभावकारी रुपमा कसरी बिताउने ? ‘पोजेटिभ इनर्जी’ कसरी ल्याउने जस्ता जीवनसंग सम्बन्धित अनेक विषयमा आफ्नो प्रेरणादायी धारणा राखेकी थिइन् । प्रत्येक मानिसमा सकारात्मक र नकारात्मक प्रवृत्ति (एटिच्युड) हुने र त्यस्तो धारणा परिवर्तन आफैंले गर्ने कुरामा सविनाको जोड थियो । ‘आत्मविश्वास अर्को महत्वपूर्ण पक्ष हो’, सविनाले भनिन् ।
बेलायतमा यस खालको कार्यक्रम पहिलो र प्रभावकारी भएको आयोजक इभेन्ट एण्ड आइडियाजकी शान्ति गुरुङले जनाइन् । सुस्मिता थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, पूर्व अध्यक्ष सूर्य गुरुङ, एनआरएनए आइसीसी सदस्य शान्ति थापा कुंवर, समाजसेवी नन्दकुमारी गुरुङ, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासेसहित सामाजिक अगुवा र अन्य व्यक्तिको सहभागिता थियो ।
गत वर्ष नर्वेमा हिउं परिरहेको थियो । प्रतिकुल मौसमका कारण चिप्लिएर आफ्नो कार ठूलो दुर्घटनामा परयो । धन्न सबिनालाई केही भएन । दुर्घटनाबाट पुनर्जीवन पाएपछि उनलाई जीवनको महत्व झन् बढि भयो । लोभ, क्रोध र चिन्ता होइन, आफ्नो जीन्दगी खुशीसाथ जीउनु पर्छ भन्नेमा उनी विश्वस्त भइन् र अरुलाई पनि खुशी जीवन जीउने कला सिकाउन थालिन् ।
युरोपेली मुलुक र नेपालमा समेत हालै लाइफ कोचिङ सेमिनार गरेर फर्किएकी उनी छिट्टै नेपाल गएर यस खालको सेमिनार निरन्तर गर्ने सोचमा छिन् । यही क्षेत्रमा अनुभव संगालेपछि अब सविनाले भविष्यमा कोचिङ सेन्टर खोल्ने र नेपालका विभिन्न जिल्लामा गएर कम्तीमा दुई वर्ष जति स्कुलमा काम गर्ने अठोट लिएकी छन् ।
‘कामको सिलसिलामा नेपालमा यस्तो काम गर्ने मानिसको कमी देखें, मोटिभेसनल स्पीकर वा लाइफ कोच कम भएकाले पनि म नेपालमा गएर काम गर्न इच्छुक छु’, उनले भनिन् । उनी फेब्रुअरी यता पोखराको अन्नपूर्ण एफएममा प्रत्येक शुक्रबार द पाथ (बाटो) नामक कार्यक्रम पनि चलाउंछिन् ।
सविना नर्वेको इड्सभोलमा बस्छिन् । करिब दुई दशकयता नर्वेमा स्थायी बसोवास गरिरहेकी सविना बेलायतको एस्टन युनिभर्सिटीबाट एमएस्सी इन्टरनेशनल विजनेश एण्ड कर्पोरेट लेजिटिमेसी उत्तिर्ण गरेपछि यस क्षेत्रमा सक्रिय रुपमा संलग्न भएकी हुन् ।
नर्वेस्थित एभिएटर ओएसएल एएस नामक एयरलायन्स कम्पनीमा कस्टमर कन्सल्टेन्ट र नर्वेजियन रेडक्रसमा आप्रवासीका लागि कन्सल्टेन्ट भएर काम गरिसकेकी उनीसंग आफू अध्ययनरत हुंदा एस्टन युनिभर्सिटीमा इन्टरनेशनल एक्सचेन्ज स्टुडेन्ट्स मेन्टरको भूमिका निर्वाह गरेको अनुभव समेत छ ।
तस्विर- गणेश खड्का
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने