बर्लिन, जर्मनी, १८ चैत – स्पेनको क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख काल्स पुज्डमोनको रिहाइ माग गर्दै आइतबार उहाँका सयौँ समर्थकले जर्मनीको राजधानी बर्लिनमा प्रदर्शन गरेका छन् ।
उहाँलाई राज्य विद्रोह गरेको आरोपमा गत हप्ता जर्मनीबाट पक्राउ गरिएको थियो ।
जर्मनीको राजधानी शहरमा पानी परिरहेको भएपनि प्रदर्शनकारी ब्रान्डेनवर्ग गेटबाट न्याय मन्त्रालयसम्म जुलुसमा सहभागी बनेका थिए । विरोध कार्यक्रमका सहभागीले ‘नेता पुज्डमोन र क्याटलान राजनीतिक वन्दी’को रिहाइका लागि अनुरोध गरेका थिए । ब्यानरमा स्पेनमा प्रजातन्त्र नभएको, आस्थाका आधारमा क्याटलोनियाली नेताहरूलाई बन्दी बनाइएको भन्ने भावका नारा लेखिएको थियो ।
जुलुसका सहभागीले क्याटलोनियाको स्वतन्त्रताका लागि भन्दै निला, पहेँला र राता झण्डाहरू बोकेका थिए ।
जर्मनी प्रहरीले पूर्व क्याटलोनियाली राष्ट्रपति पुज्डमोनलाई गत आइतबार डेनमार्कबाट जर्मनी प्रवेश गर्ने क्रममा स्केलस्वीग–होलस्टेन राजमार्ग प्रहरी गस्ती टोलीले पक्राउ गरेको थियो ।
उहाँ क्याटलोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन शुरु हुनु अगावै बेल्जियम पुगी स्वघोषित निर्वासनमा रहँदै आउनुभएको थियो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी