
रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको पहिलो खेलमा आइतबार ९ विकेटले जित हात पारेपछि सिवाइसी अत्तरियाका खेलाडी । तस्वीर : रोशन सापकोटा/रासस
धनगढी-कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग(डिपिएल)अन्तर्गत आज भएका खेलमा सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी भएका छन् । आइतबारको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई नौ विकेट तथा अर्को खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किंग्सलाई ३३ रनले पराजित गर्यो ।
रुपन्देही च्यालेन्जर्सले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै मात्र ६१ रन बनायो । अत्तरियाले ६२ रनको विजयी लक्ष्य एक विकेट गुमाउँदै सात दशमलव तीन ओभरमा भेट्टायो ।
अत्तरियाका लागि गौरव चित्काराले अविजित ३० रन बनाए । उनले १३ बल खेल्दै तीन छक्का र दुई चौका प्रहार गरे । यस्तै सुवास खकुरेलले १९ तथा प्रेम तामाङले अविजित १४ रन बनाए । बलिङतर्फ रुपन्देहीका जितेन्द्र मुखियाले एक विकेट लिए ।
यसअघि ब्याटिङ गर्ने क्रममा रुपन्देहीका सुफयान मोहमदले अविजित २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ ‘प्लेयर अफ द म्याच’ घोषित अत्तरियाका कमलसिंह ऐरीले चार र शुभंकर उरावले तीन विकेट लिए । ऐरीले चार ओभरमा १५ रन तथा उरावले २ दशमलब २ ओभरमा एक मेडन राखी सात रन खर्चे ।
यसैगरी, अर्को खेलमा टस जितेर ब्याटिङ गर्दै महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६८ रन बनायो । विराटनगर किंग्सले १९ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनायो ।
महेन्द्रनगरका लागि पुनित मेहराले अविजित ३८ रन बनाए । उनले १८ बल खेल्दै तीन छक्का र दुई चौका हाने । उनी खेलको ‘प्लेयर अफ द म्याच’समेत भए । यस्तै कप्तान विनोद भण्डारीले ३५ रन बनाए । उनले २९ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । पुनित विष्टले २४, आरिफ शेखले २० र हरिशंकर साहले १९ रन बनाए ।
बलिङतर्फ विराटनगरका मञ्जित श्रेष्ठले दुई तथा शुभम कामत र पारस खड्काले एक-एक विकेट लिए । १६९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि पृथु बाँस्कोटाले ३५ रन बनाए । बाबर हयातले १० बल खेल्दै ३२ रन बनाए । उनले चार छक्का र दुई चौका प्रहार गरे । अनिलकुमार साहले २३, पारस खड्काले १६ र दिलीप नाथले १० रन बनाए ।
बलिङतर्फ महेन्द्रनगरका अविनाश कर्णले तीन तथा पुनित मेहरा, भुवन कार्की र रवीन क्षेत्रीले दुई-दुई विकेट लिए । हरिशंकर साहले एक विकेट लिए । ‘प्लेयर अफ द म्याच’ महेन्द्रनगर युनाइटेडका पुनित मेहरा घोषित भए । उनले रु १० हजार पुरस्कार पाए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा