
रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको पहिलो खेलमा आइतबार ९ विकेटले जित हात पारेपछि सिवाइसी अत्तरियाका खेलाडी । तस्वीर : रोशन सापकोटा/रासस
धनगढी-कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग(डिपिएल)अन्तर्गत आज भएका खेलमा सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी भएका छन् । आइतबारको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई नौ विकेट तथा अर्को खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किंग्सलाई ३३ रनले पराजित गर्यो ।
रुपन्देही च्यालेन्जर्सले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै मात्र ६१ रन बनायो । अत्तरियाले ६२ रनको विजयी लक्ष्य एक विकेट गुमाउँदै सात दशमलव तीन ओभरमा भेट्टायो ।
अत्तरियाका लागि गौरव चित्काराले अविजित ३० रन बनाए । उनले १३ बल खेल्दै तीन छक्का र दुई चौका प्रहार गरे । यस्तै सुवास खकुरेलले १९ तथा प्रेम तामाङले अविजित १४ रन बनाए । बलिङतर्फ रुपन्देहीका जितेन्द्र मुखियाले एक विकेट लिए ।
यसअघि ब्याटिङ गर्ने क्रममा रुपन्देहीका सुफयान मोहमदले अविजित २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ ‘प्लेयर अफ द म्याच’ घोषित अत्तरियाका कमलसिंह ऐरीले चार र शुभंकर उरावले तीन विकेट लिए । ऐरीले चार ओभरमा १५ रन तथा उरावले २ दशमलब २ ओभरमा एक मेडन राखी सात रन खर्चे ।
यसैगरी, अर्को खेलमा टस जितेर ब्याटिङ गर्दै महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६८ रन बनायो । विराटनगर किंग्सले १९ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनायो ।
महेन्द्रनगरका लागि पुनित मेहराले अविजित ३८ रन बनाए । उनले १८ बल खेल्दै तीन छक्का र दुई चौका हाने । उनी खेलको ‘प्लेयर अफ द म्याच’समेत भए । यस्तै कप्तान विनोद भण्डारीले ३५ रन बनाए । उनले २९ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । पुनित विष्टले २४, आरिफ शेखले २० र हरिशंकर साहले १९ रन बनाए ।
बलिङतर्फ विराटनगरका मञ्जित श्रेष्ठले दुई तथा शुभम कामत र पारस खड्काले एक-एक विकेट लिए । १६९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि पृथु बाँस्कोटाले ३५ रन बनाए । बाबर हयातले १० बल खेल्दै ३२ रन बनाए । उनले चार छक्का र दुई चौका प्रहार गरे । अनिलकुमार साहले २३, पारस खड्काले १६ र दिलीप नाथले १० रन बनाए ।
बलिङतर्फ महेन्द्रनगरका अविनाश कर्णले तीन तथा पुनित मेहरा, भुवन कार्की र रवीन क्षेत्रीले दुई-दुई विकेट लिए । हरिशंकर साहले एक विकेट लिए । ‘प्लेयर अफ द म्याच’ महेन्द्रनगर युनाइटेडका पुनित मेहरा घोषित भए । उनले रु १० हजार पुरस्कार पाए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता