बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: १३:१३ | UK Time: 08:28

ट्रमा सेन्टरबाट हाम्फालेर अमेरिकी नागरिकले गरे आत्महत्या

वीनेपाली
२०७४ चैत १८ गते १५:१४

काठमाडौँ-वीर अस्पतालमा रहेको ट्रमा सेन्टरको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।

आइतबार साँझ ५. ४० बजे अस्पतालको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिक ५२ वर्षीय जोनले आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले उपचारका लागि भर्ना भएका जोनले एक्कासि छैटौँ तलाबाट हाम्फालेर आत्महत्या गरेको जानकारी दिए ।

उनको पूरा नाम भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक