सोल, १८ चैत – दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएको समाचार छ ।
उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सोलमा यो सैन्य अभ्यास सुरु भएको बताइएको छ ।
अमेरिकी सेनाको पनि ठूलो संख्याको उपस्थितिमा सुरु भएको सो सैन्य अभ्यासकाकारण यसै महिनामा हुन लागेको उत्तर र दक्षिण कोरियाको वार्ता प्रभावित हुने हो कि भन्ने प्रश्न जनमानसमा उठेको छ ।
यद्यपि यस विषयमा उत्तर कोरियाले भने कुनै प्रतिक्रिया दिएको छैन । अधिकारीहरुले आइतबार बिहान सबेरैबाट यस्तो सैन्य अभ्यास सुरु भएको बताएका छन् ।
यस अभ्यासमा दक्षिण कोरियाका २ लाख ९० हजार सेनाको उपस्थिति छ । त्यसैगरी अमेरिकाका ११ हजार ५०० सैनिक सो अभ्यासमा रहेका पनि बताइएको छ ।
दक्षिण कोरियाको रक्षामन्त्रालयले यस सैनिक अभ्यासलाई सामान्य, सानो संख्याको र यी दुई देशबीचको नियमित प्रक्रिया हो भनेको छ ।
यो सैन्य अभ्यास केही महिना अघि नै गर्ने भनिएको थियो । तर ढिलागरी आइतबार सुरु भएको अधिकारीहरुले जनाएका छन् ।
यहाँ अत्याधुनिक हातहतियारका साथै सैन्य कलाहरुको पनि प्रदर्शन गरिने भएको छ । यस बारेमा दक्षिण कोरियाले थप जानकारी भने केही दिएको छैन ।
हालैका दिनहरुमा उत्तर कोरियाले आणविक अस्त्र उत्पादन र परीक्षणको काम बन्द गरेको छ । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकासँग पनि शान्ति वार्ता गर्ने पहल थालेको छ ।
यसैका लागि गत बुधबारमात्र उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणबाट फर्किनुभएको थियो । उहाँले अणुअस्त्र कार्यक्रम उत्पादान नगर्ने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि वार्ता गर्ने बताउनुभएको छ ।
यसैकारण संयुक्तराज्य अमेरिका पनि उत्तर कोरियासँग वार्ताका लागि सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा स्पष्ट गरिसक्नुभएको छ ।
विकसित घटनाक्रमअनुसार उत्तर र दक्षिण कोरियाबीच यही अप्रिलको अन्त्यतिर र उत्तर कोरिया र अमेरिकाबीच आगामी मे महिनामा वार्ता हुने बताइएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग