लन्डन । बेलायतमा अचेल च्यारिटी कार्यक्रम गनि नसक्नु छ । दिन, सातापिच्छे हुने च्यारिटीले बेलायतवासी नेपाली आजित भइसके । तर, शनिबार सांझ गैर आवासीय नेपाली संघ यूके (एनआरएनए यूके) ले अल्डरसटमा पहिलो पटक पृथक च्यारिटी गरयो डायष्पोरामा ।
उक्त च्यारिटी डिनर वीथ बक्सिङ शोमा अतिथी थिए ब्रिटिश प्रोफेसनल बक्सरहरु । रिङमा बेलायती खेलाडी नै भिडे ।
नाचगान भन्दा फरक च्यारिटीको परिकल्पना संघका उपाध्यक्ष तथा च्यारिटी विभाग संयोजक प्रेम गाहामगरले गरेका हुन् । गाहामगर नेपालमा छंदा बक्सिङका राष्ट्रिय खेलाडी र ब्रिटिश आर्मीमा पनि यही खेलसंग आवद्ध थिए । युवा परिचालन गरेर आफ्नो खेल अनुभव उनले यही इभेन्टमा खर्चिए ।
‘बक्सिङलाई सामाजिक कामसंग जोड्न खोजेका हौं’, संयोजक मगरले भने, ‘खेलाडीलाई प्रोत्साहन र यसले आगामी दिनमा नेपाली युवाको खेल सम्भावनालाई थप उजागर गरेझैं लाग्छ ।’
ब्रिटिश प्रोफेसनल बक्सरहरु वल्ड नम्बर थ्री जोन राइडर, १९९६ लन्डन एबीए फाइनलिस्ट अलान साउथवीक, ग्रेट ब्रिटेन बक्सिङ टिमका नम्बर २ खेलाडी क्रिस ब्रोक र यूरोपियन च्याम्पियन नेपाली आदिप राना च्यारिटीमा सहभागी थिए । बेलायतका विभिन्न क्लवमा आवद्ध खेलाडीहरुले दुई राउण्डमा आ आफ्नो खेल प्रस्तुत गरे । विजेता खेलाडीलाई अतिथी ब्रिटिश बक्सरहरु र नेपाली समुदायका अगुवाहरुले पुरस्कार प्रदान गरे । शोमा बाल्हाम बक्सिङ क्लब लन्डनका वीन्सटन फलावर र गोर्खाज बक्सिङ क्लब मेडस्टोनका कोच झपट भुजेलको भूमिका उल्लेख्य रहयो ।
बक्सिङ रिङमा उत्रिएका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रमबाट सामुदायिक एकीकरणमा मद्दत पुगेको बताए । एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव आर के त्रिपाठीले नयां सोच र लक्ष्यका साथ युवाहरुलाई परिचालन गर्न यस्ता कार्यक्रम निरन्तर गरिने प्रतिवद्धता व्यक्त गरे ।
मन्तव्यका क्रममा एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्यले युवा पिंढीलाई खेलमार्फत सामाजिक काममा प्रेरित गर्न कार्यक्रमले थप बल पुगेको धारणा राखे । आचार्यले एनआरएनए यूके इतिहासमा यस कार्यक्रम ऐतिहासिक बनेको भन्दै संयोजक गाहामगरको प्रशंसा गरे ।
गोर्खाहरुको खुकुरी डान्स र अक्सन कार्यक्रमका थप आकर्षण थिए ।
आपतकालिन कोषका लागि गरिएको उक्त च्यारिटीबाट करिब ४५ लाख रुपैयां संकलन भएको गाहामगरले जानकारी दिए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित