आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: ०३:४६ | UK Time: 23:01

गाजा क्षेत्रमा हिंसात्मक झडप, १५ प्यालेष्टिनी मारिए

रासस-एएनआई
२०७४ चैत १७ गते १०:४१

गाजा क्षेत्रमा प्रदर्शनकारी । तस्विर सिन्हवा

गाजा शहर, प्यालेष्टिनी अधिनस्थ भूभाग, १७ चैत – गाजा क्षेत्रमा प्यालेष्टिनी समूहले गरेको प्रदर्शनमा इजरायली सेनाद्वारा चलाएको गोली लागि मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या शनिबार १५ पुगेको छ ।

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले भनेको छ, “सीमा नजिकैको गाजा क्षेत्रका विभिन्न स्थानमा गरिएका प्रदर्शनमा इजरायली सेना र प्यालेष्टिनी समूहहरूबीच भएका झडपमा परी १५ जना प्यालेष्टिनीको मृत्यु भएको छ भने एक हजार ४०० भन्दा बढी घाइते भएका छन् ।”

छ हप्ता लामो आन्दोलनको घोषणा गरेको प्यालेष्टिनी समूह शुरुमै गाजा र इजरायलको सीमा छुट्टयाइएको सीमापर्खालतिर प्रदर्शन गर्दै अघि बढेपछि भएका झडपमा ठूलो सङ्ख्यामा प्यालेष्टिनी प्रदर्शनकारी घाइते बनेका हुन् ।

गाजा क्षेत्रबाट प्राप्त समाचारमा भनिएको छ, ‘इजरायली सेनाले रबरका गोली, अश्रुग्यास तथा ‘लाइभ फाएर’ द्वारा आक्रमण गरेको थियो ।’ प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा घाइतेमध्ये अधिकांश रबरले मोडिएका स्टीलका गोली तथा अश्रुग्यासको असरले प्रभावित भएका जनाइएको छ ।

झण्डै आधा घण्टाको समयमा दुई दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते अवस्थामा अस्पताल पुरयाइएको थियो ।

तर इजरायली सीमा सुरक्षा बलले शनिबार एक विज्ञप्ति जारी गरी “गाजा क्षेत्रबाट हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले सीमास्थित सुरक्षाबारतर्फ आक्रमण गरेपछि बाध्यभएर दङ्गा नियन्त्रणको उपाय अवलम्बन गरेको र केही राउण्ड गोलीसमेत चलाएको” जनाएको छ ।

राष्ट्रसंघ प्रमुखद्वारा अनुसन्धानका लागि आग्रह 

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुथ्रेसले शुक्रबार गाजा क्षेत्रमा भएको हिंसात्मक झडपबारे स्वतन्त्र र पारदर्शी अनुसन्धान गर्न आग्रह गरेको उहाँका सहप्रवक्ता फारहन हकले एक विज्ञप्ति जारी गरी उल्लेख गर्नुभएको छ ।

‘यस दुःखद घटनाले प्यालेस्टिनी र इजरायली नागरिकले शान्तिपूर्ण तथा सुरक्षित भएर बाँच्न पाउने वातावरणको सिर्जना गर्न सार्थक वार्ता गरी इजरायल प्यालेस्टाइनबीच शान्ति प्रक्रियाको आवश्यकतालाई थप जोड दिएको छ’, गुथ्रेसले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक