
मस्को, रूस, १६ चैत – रूसले बेलायतलाई हाल रहेको कूटनीतिज्ञको सङ्ख्या घटाएर रूसका बेलायतस्थित अधिकारीको समान बनाउन आग्रह गरेको छ ।
पूर्व विदेशमन्त्री सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ बर्षीया छोरीको बेलायतमा रूसद्वारा गरेको हत्याप्रयासपछि बेलायत, अमेरिका लगायत केही यूरोपेली मुलुकले रूसविरुद्ध लिएको नीतिप्रति प्रतिक्रिया जनाउँदै रूसी विदेशमन्त्रालयले बेलायतलाई शुक्रबार उसका कूटनीतिक अधिकारीको सङ्ख्या घटाएर समान बनाउन आग्रह गर्नुभएको हो ।
विदेश मन्त्रालयले रूसका लागि बेलायती राजदूत लौरी ब्रिष्टोलाई मन्त्रालयमा बोलाई बेलायतले उत्तेजनात्मक तथा असङ्गतपूर्ण बदला लिन खोजेको र यसको रूसले कडा प्रतिकार गर्ने बताएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उक्त बिषयलाई लिएर यस पहिले बेलायतले २३ जना रूसी अधिकारीलाई सात दिनभित्र देश छाड्न निर्देशन दिएको थियो भने रूसले पनि त्यति नै सङ्ख्यामा बेलायती अधिकारीलाई पर्काइदिएको थियो ।
यसै शिलशिलामा अमेरिका, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्ड लगायतका मुलुकले पनि फरक फरक सङ्ख्यामा रूसी कुटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय लिएका छन् भने रूसले पनि ती मुलुकका समान अधिकारीलाई स्वदेश फिर्ता पठाउने निर्णय लिएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त