
मस्को, रूस, १६ चैत – रूसले बेलायतलाई हाल रहेको कूटनीतिज्ञको सङ्ख्या घटाएर रूसका बेलायतस्थित अधिकारीको समान बनाउन आग्रह गरेको छ ।
पूर्व विदेशमन्त्री सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ बर्षीया छोरीको बेलायतमा रूसद्वारा गरेको हत्याप्रयासपछि बेलायत, अमेरिका लगायत केही यूरोपेली मुलुकले रूसविरुद्ध लिएको नीतिप्रति प्रतिक्रिया जनाउँदै रूसी विदेशमन्त्रालयले बेलायतलाई शुक्रबार उसका कूटनीतिक अधिकारीको सङ्ख्या घटाएर समान बनाउन आग्रह गर्नुभएको हो ।
विदेश मन्त्रालयले रूसका लागि बेलायती राजदूत लौरी ब्रिष्टोलाई मन्त्रालयमा बोलाई बेलायतले उत्तेजनात्मक तथा असङ्गतपूर्ण बदला लिन खोजेको र यसको रूसले कडा प्रतिकार गर्ने बताएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उक्त बिषयलाई लिएर यस पहिले बेलायतले २३ जना रूसी अधिकारीलाई सात दिनभित्र देश छाड्न निर्देशन दिएको थियो भने रूसले पनि त्यति नै सङ्ख्यामा बेलायती अधिकारीलाई पर्काइदिएको थियो ।
यसै शिलशिलामा अमेरिका, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्ड लगायतका मुलुकले पनि फरक फरक सङ्ख्यामा रूसी कुटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय लिएका छन् भने रूसले पनि ती मुलुकका समान अधिकारीलाई स्वदेश फिर्ता पठाउने निर्णय लिएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता