वासिङ्टन, १५ चैत – चीनले उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा परमाणु निःशस्त्रीकरणका लागि सहमति जनाएको बताएको छ ।
हालै मात्र अकस्मात चीनको भ्रमणमा पुगेका नेता किमले चिनियाँ राष्ट्रपति सी जिन पिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा यस्तो सहमति जनाएको चीनको भनाइ आएको छ ।
तर, उत्तर कोरियाका पछिल्ला प्रयासहरूलाई पनि दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाले पनि सकारात्मक रुपमा लिनुपर्ने उहाँको भनाइ थियो ।
नेता किमले चिनियाँ राष्ट्रपतिसँगको छलफलका क्रममा अहिले उत्तर कोरियाले वार्ताका लागि वातावरण खोज्दै हिँडेको भन्दै यसलाई राम्रो रुपमा लिन सक्दा मात्र निःशस्त्रीकरणको मुद्दा समाधान हुने बताउनुभएको हो ।
उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले यस भ्रमणले कोरियाली प्रायद्वीपमा प्रगति हुने र द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन पनि सहयोग पुग्ने बताएको छ ।
उत्तर कोरियाली नेताका रुपमा सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक गरेको विदेश भ्रमणका क्रममा चीन पुग्नुभएको हो ।
नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि वार्ता गर्नुहुने भएको छ । यी दुई नेताबीच आगामी मे महिनामा शिखर बैठक हुने भनिएको छ । सोही बैठकअघि उहाँको यो भ्रमण भएको हो ।
दक्षिण कोरियाको समर्थन
उक्त चीन भ्रमणको दक्षिण कोरियाले पनि समर्थन गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले सो भ्रमण कोरियाली प्रयद्वीपमा शान्ति प्रक्रियाको लागि फलदायी हुने बताएको छ ।
दक्षिण कोरियाको विदेश मन्त्रालयले किमको चीन भ्रमणको स्वागत गरेको विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।
उत्तर र दक्षिण कोरियाली प्रमुखहरुले आगामी अप्रिल महिनामा भेटवार्ता गर्ने कार्यक्रम बनाइएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यस विषयमा सार्वजनिक गर्नुभएको छ ।
चीन उत्तर कोरियाको निकटको देश मात्र नभएर प्रमुख आर्थिक सहयोगी राष्ट्र पनि हो । त्यसैले उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग भेटवार्ता गर्नुअघि चीनसँग सल्लाह गर्नसक्ने सम्भावना रहेको बताइएको थियो ।
किम जोङको चीन भ्रमण सकारात्मक- ट्रम्प
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणलाई सकारात्मक भन्नुभएको छ ।
उहाँले किमको सो भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताउनुभएको हो ।
उहाँले आफ्नो ट्वीट अकाउन्टमा भन्नुभएको छ– ‘यो राम्रो अवसर हो र किमले अब कोरियाली प्रायद्वीपमा के गर्दा आफ्ना जनता र मानवीयताका लागि ठीक हुन्छ भन्ने बारेमा बुझ्नुहुने छ र त्यही गर्नुहुने छ ।’
उक्त भ्रमण र चिनियाँ राष्ट्रपतिसँगको भेटवार्ताका बारेमा पनि सूचना पाएको र सो भेटवार्ता राम्रो भएको थाहा भएको पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।
त्यसैगरी बुधबार पनि एक प्रेस ब्रिफिङ्का क्रममा ह्वाइट हाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका क्षेत्रमा पछिल्लो समयमा निकै राम्रो प्रगति हुँदै गएको जानकारी दिनुभएको थियो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास