काठमाडौँ- कतारमा मंगलबार राति सम्पन्न एशियन कप छनोट चरणको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । दोहास्थित स्पोर्टस् क्लब सुहेन विन हमाद रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
यस हारसँगै नेपालको एशियन कप छनोटको यात्रा समाप्त भएको छ । जितसँगै समूह चरणमा दोस्रो हुँदै यमन सन् २०१९ मा संयुक्त अरब इमिरेट्समा हुने एएफसी एशियन कपका लागि छनोट भएको छ भने फिलिपिन्स समूहको शीर्ष स्थानमा रह्यो । त्यस्तै, समूह एफ मा रहेका नेपाल र ताजिकिस्तान प्रतियोगिताबाट बाहिरिए ।
प्रतियोगितामा छ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेन भने दुई खेलमा मात्र बराबरी खेलेको थियो ।
यमनले खेलको ३४औँ मिनेटमा पहिलो अग्रता लिएको थियो भने नेपालका नवयुग श्रेष्ठले खेलको पहिलो हाफको अन्तिम समयमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर त्यो १–१ गोलको बराबरी लामो समयसम्म टिक्न सकेन ।
खेलको ८३औँ मिनेटसम्म रोकेको नेपालले अन्ततः खेलको ८४औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल खान पुग्यो । नेपाली टोलीका कप्तान विराज महर्जनले यमनका खेलाडीलाई डी बक्स एरियामा फल गरेपछि यमनले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा